CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लागु औषध लगायतका बिषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न

फेटा GP PSA
934
सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर ।।  लागु औषध दुरूपयोग तथा ओसारपसार बिरूद्ध अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा ईलाका प्रहरी कार्यालय रानी तथा सामुदायिक सेवा केन्द्र रानीको संयुक्त आयोजनामा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ स्थित भगवती बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलका कक्षा ८,९ र १० का छात्र छात्रहरूहरूलाई सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल, सामुदायिक सेवा केन्द्र तिनपैनी र कन्चनबारीका अध्यक्षहरू, स्थानिय प्रतिनिधी, समाजसेवी, भद्र भलादमी, रिह्याव सेन्टरका प्रतिनिधी लगायत १०२ जनाको उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त कार्यक्रममा बिद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरीक्षक रजिव रणपहेली तथा रिह्याव सेन्टरका परामर्श दाताले लागु औषध सम्बन्धी, १ नं. प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले साईवर क्राईम, घरेलु हिंसा र ट्राफिक नियम सम्बन्धी सचेतना मुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

यस्ता प्रकृतिका सचेतनामुलक कार्यक्रमले छात्र छात्राहरूको समग्र बृति बिकासमा टेवा पुग्ने धारणा राख्दै कार्यक्रमको निरन्तरताको अपेक्षा सहित कार्यक्रम गरेकोमा सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष योग बहादुर सुब्बाले धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश