CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

नेपाल कम्युनिष्ट पार्टिको गाँउपालिका स्तरीय बैठक सम्पन्न

Pheta Chhath Shubhakamana
611
Bara Gadhi Notice winter

परवानीपुर,७ असार/

Karaiya Mai Notice Winter

बारामा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को गाँउपालिका स्तरीय बैठक शनिबार सम्पन्न भएको छ । परवानीपुर गाँउपालिकाको नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अगुवा नेता कार्यकर्ताको बैठक कृषि अनुसन्धान केन्द्र परवानीपुरमा सम्पन्न भएको हो ।
परवानीपुर गाँउपालिकाका अगुवा नेता अमर यादवको अध्यक्ष्तामा भएको बैठकमा नेकपाका नेता कार्यकर्ताले पार्टी भित्रका आन्तरीक गुट उपगुटलाई अन्त्य गरी पार्टीलाई अगामी दिनमा बलियो बनाउँदै,एक ढिका बनाउन निर्णय भएको बताएका छन।
उनीहरुले नेकपा पार्टि गाँउपालिकामा आन्तरीक द्धन्दका कारण पराजीत भएकाले आउने दिनमा आन्तरीक द्धन्दलाई अन्त्य गरी एकजुट हुन निर्णय गरेको बताएका थिए ।गाँउपालिका नेपाल कम्युनिष्ट पार्टि बलियो भएपनि एक आपसमा वादबिवाद गरेर पार्टीलाई नोक्सान नगर्नेलाई कार्यकर्ताहरु बिच सहमति भएको नेकपाका युवा नेता नविन यादवले जानकारी दिए ।
गाँउपालिकामा नेकपा अरु पार्टी संग नभई आफ्नै पार्टीका नेता कार्यकर्ताले एक आपसमा आरोप प्रत्यारोप गरेर पार्टिलाई अन्त्य गर्ने तर्फ सक्रियहरु भएकाहरुलाई सचेत हुन निर्णय भएको यादवले बताए । बैठकमा नेकपाका केन्द्रिय सदस्य दिनेश राई,जिल्ला अध्यक्ष अनिल श्रेष्ठ ,सचिव सुन्दर विश्वकर्मा ,नेताहरु रामक्षेत्रि पटेल , सोचन यादव, लालबहादुर पटेल ,मोविन आलम ,ध्रुप यादव,सुरेश यादव,लवकुश बैठा ,उमेश गुप्ता ईम्तियाज आलम ,ईब्राहिम मियाँ , यासिम मियाँ , जगदिश राम लगायतको उपस्थिती रहेको थियो ।

Baiju sah