उषा सरदार , बिराटनगर
विराटनगर महानगरपालिका वडा नं. १० स्थित जनता बैंक अगाडी मोरङ जिल्ला को सुन्दरहरैचा नगरपालिका वडा नं. २ बस्ने बर्ष २५ को अमन सरदारले खैरो रंगको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित लागु औषध एभिल-३५ ( पैतिस) एम्पुल, लुपिजेसिक-३५ (पैतिस) एम्पुल र डाईजेल्याव-३५ (पैतिस) एम्पुल गरी जम्मा १०५ (एक सय पाँच ) एम्पुल फेला पारी निजलाई नियन्त्रणमा लिईएको, लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले निजलाई औषधीजन्य लागु औषध सहित नियन्त्रणमा लिईएको हो ।
निज सरदारलाई जिल्ला अदालत मोरङबाट लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको छ ।