CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

थुनुवा ल्याउँदै गरेको भ्यान दुर्घटना २ थुनुवाको मृत्यु प्रहरी सहित ८ जन घाईते

फेटा GP PSA
630
सिम्रौन्गढ़ नपा psa

रौतहट, अषाढ १०। रौतहट जिल्लाको चन्द्रपुर गौर सडक खण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरुलाई म्याद थप गराउन जिल्ला अदालत गौर अाईरहेको बेला प्रहरीको भ्यान दुर्घटना हुँदा २ थुनुवाको मृत्यु सहित सवार अन्य थुनुवा र प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

प्रहरीको भ्यानमा नम्वर प्लेट नभएको र अगाडिको पाङग्रा पम्चर हुँदा एक्सल र क्राउन भाँचिदा गौर चन्द्रपुर सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको हो। ईलाका प्रहरी कार्यालय चन्द्रपुरले लागुऔषध मुद्दामा पक्राउ गरेको चन्द्रपुर नगरपालिका वडा नंबर ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दामा पक्राउ परेको सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीलाई उपचारका लागि बिरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो भ्यान दुर्घटनामा प्रहरी जवान हरीकिशोर चौधरी र अजय यादव गम्भीर घाइते भएकोले थप उपचारका लागि बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
प्रहरी भ्यान चलाएका प्रहरी सहायक निरीक्षक दिपेश चौलागाई, प्रहरी हवलदार उमेश यादव, विनोद मण्डल र प्रहरी जवान संजिव कार्की समान्य चोटपटक लागेको प्रहरीले जनाएको हो।

अभद्र व्यवहार मुद्दाको आरोपित थुनुवा कुमार गेलाल र टेकबहादुर तामाँग सामान्य घाइते भएको हुँदा उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको हो। दुर्घटना बरे अावश्यक छानबिन गर्न प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले जनाएको हो।

दुर्घटनामा परेको गाडी इलाका प्रहरी कार्यालयको चन्द्रनिगाहपुरको नभई केही दिन पहिला काठ चोरीमा पक्राउ परेको बोलेरो पिकअप भ्यान डिभिजन वन कार्यालयमा रहेको थियो । भ्यान तीब्र गतीमा रहेको हुँदा यस्तो दुर्घटना भएको अनुमान लगाउन सकिन्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश