CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

‘भिजिट मधेश’बिना ‘भिजिट नेपाल’ सफल हुँदैन भन्दै पर्यटन बोर्डलाई ज्ञापन (पत्रसहित)

Pheta Chhath Shubhakamana
1,416
Bara Gadhi Notice winter

काठमाडौं,  असार । ‘भिजिट मधेश’बिना भिजिट नेपाल सफल नहुने भन्दै नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।

सोमबार भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ र नेसनल टिम मेम्बर अजय प्रताप साहलगायतको टोलीले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

तराई/मधेशमा पर्यटन प्रवर्द्धनका लागि प्राथमिकता दिन ध्यानाकर्षण गराएको भिजिट मधेशका राष्ट्रिय संयोजक सर्राफले मधेशवाणीलाई बताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले ध्यानाकर्षण गराउनु सकारात्मक रहेको र अब तराई÷मधेशमा पनि प्राथमिकताका साथ कार्यक्रम गर्ने आश्वासन दिएको संयोजक सर्राफले जानकारी गराए ।

तराई/मधेशका गन्तव्यलाई पनि संरक्षण र प्रवर्द्धन गर्न लागिपरेको सीइओ जोशीले भिजिट मधेशका प्रतिनिधिहरुलाई आश्वासन दिएका छन् ।

नेपाल पर्यटन बोर्डले भिजिट मधेशसँग सहकार्य गर्ने इच्छा पनि व्यक्त गरेको भिजिट मधेशका नेशनल टिम मेम्बर अजय प्रताप साहले बताए । साहका अनुसार जोशीले भिजिट मधेशको डिजिटल प्लेटफर्मको प्रसंशासमेत गरे ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाल पर्यटन बोर्डका मेनेजर उदय भट्टराईको समेत सहभागिता रहेको छ ।

भिजिट मधेशका ग्लोबल कोर्डिनेटर प्रमोद (राज) सर्राफ र राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफको हस्ताक्षरसहितको ध्यानाकर्षणपत्र नेपाल पर्यटन बोर्डमा बुझाइएको हो ।

भिजिट मधेश नेपालले तराई/मधेशमा पर्यटन प्रवद्र्धन एवं पहिचानका लागि विगत केही वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा अभियान चलाउँदै आएको छ ।

भिजिट मधेशले मधेशका २२ वटै जिल्ला र नेपालबाहेक १२ वटा मुलुकमा समेत टिम बनाएर अगाडि बढिरहेको छ । जसको ग्लोबल कोर्डिनेटरको रुपमा प्रमोद (राज) सर्राफले ग्लोब्ली नेतृत्व गरिरहेका छन् ।

ध्यानाकर्षणपत्रको पूर्णपाठ :

ध्यानाकर्षण पत्र

श्रीमान प्रमुख कार्यकारी अधिकृत(CEO) ज्यु

नेपाल पर्यटन बोर्ड,काठमाडौ

Karaiya Mai Notice Winter

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ।नेपाल पर्यटन बोर्डका गतिविधि र कार्यक्रमले विश्वब्यापी रुपमा नेपाललाई चिनाउने र यहाँका पर्यटकिय गन्तव्यको प्रवर्द्धन गर्ने कार्य सराहनीय रहदै आएको छ।

नेपाल पर्यटन बोर्डले अहिले सम्म हिमाल,पहाड एवं काठमाडौ केन्द्रीत गन्तव्यहरुलाई बढी प्राथमिकतामा राख्दै कार्यक्रम गर्दै आएको देखिन्छ ।तर “Visit Nepal Is Not Complete without Visit Madhesh भने हाम्रो भिजिट मधेस नेपालको मुल नारा रहेको छ ।

तराई मधेसको फरक हावापानी,पर्यावरण ,एतिहासिक,पुरातात्त्विक,धार्मिक एवं प्राकृतिक सम्पदा/धरोहरहरुले पर्यटकहरुलाई झन आकर्षित गर्न मद्दत गर्ने छ।

तराई मधेसमा रहेका प्रचुर सम्भावना बोकेका गन्तव्यहरुको प्रवर्द्धन एवं संरक्षण गर्न सकियो भने नेपालको पर्यटन क्षेत्रमा थप ठुलो क्रान्ति हुन सक्छ।पर्यटकहरुको नेपाल बसाईको अवधी समेत बढन सक्ने सकारात्मक अवस्था सृजना हुने सम्भावना छ।

भिजिट नेपाल 2020 महा अभियानको अनुभुती तराई मधेसमा पनि होस् ।पर्यटकहरुलाई तराई मधेसमा भ्रमणको वातावरण निर्माण गर्नको लागी बोर्डको तर्फबाट ठोस निति तथा कार्यक्रम प्राथमिकताका साथ तयार गर्न हार्दिक आग्रह गर्दछौं।

तराई मधेसको २२ वटै जिल्लालाई जोडदै पर्यटन मैत्री वातावरण निर्माण गर्ने हाम्रो “भिजिट मधेस नेपाल”अभियान नागरिक स्तरबाट बिगत डेढ वर्ष देखी जारी छ।यसले नेपाल भित्र रहेका तराई मधेसका पर्यटकिय गन्तव्य,संस्कृति, खानपान,रहनसहन,भेष,भुषा एवं बिशेषताहरुलाई विभिन्न किसिमको कार्यक्रम सन्चालन गरि राष्ट्रिय / अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन एवं चिनाउदै अगाडि बढी रहेको छ।

यो अभियानको लागी तराई मधेसको २२ वटै जिल्लामा जिल्ला प्रदेश एवं रास्ट्रीय स्तरको टिम स्वयंसेवकको रुपमा पर्यटन मैत्री वातावरण निर्माणमा लागेका छन्।

साथै टिमहरुले आफ्नो जिल्ला ,गाउँ -ठाउँका पर्यटकीय गन्तव्यहरुको बारेमा अध्ययन/अनुसन्धान गर्ने कामहरू गरिरहेका छन् भने अहिलेसम्म १२ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु प्रवर्द्धनमा लागेका छन्।

आन्तरिक एवं बाह्य पर्यटकहरुको सुबिधाको लागी भिजिट मधेसको डिजिटल प्लेटफर्म :-वेबसाईट “visitmadhesh.com एवं “visitmadhesh” को मोबाइल एप्स पनि तयार गरिएको छ।

“Visit Nepal 2020 लाई इतिहासिक रुप भब्य,सभ्य एवं उपलब्धि मुलक बनाउन हाम्रो टिम नेपाल पर्यटन बोर्ड संग सहकार्य एवं सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गर्दछौँ।

अत: अब देखि पर्यटन बोर्डले तराई मधेसलाई पनि प्राथमिकतामा राखी कार्यक्रम संचालन गर्न अपिल गर्दछौं। हाम्रो टिमले रिसर्च गरेका डाटाहरुको “डिजिटल कपि”र हार्ड कपि पहिलै बोर्डलाई हस्तान्तरण गरिसकेको ब्यहोरा आग्रह गर्दछौं।

 

……………………                        ……………………….

प्रमोद(राजसरार्फ                           ओमप्रकाश सरार्फ

ग्लोबल कोर्डिनेटर                             राष्ट्रिय संयोजक

Baiju sah