CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षक नियुक्ति विवादमा, अध्यक्षको निर्देशनमा दुईजना थुनामा

फेटा GP PSA
1,402
सिम्रौन्गढ़ नपा psa

विराटनगर ।  प्रदेश नं. १ को मोरंग जिल्लाको ग्रामथान गाउ“पालिका वडा नं. ४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्तिको विषयलाई लिएर भएको विवादमा ग्रामथान गाउ“पालिकाको अध्यक्षको निर्देशनमा दुई जनालाई प्रहरीले हिरासतमा राखेको भन्दैै अविलम्व रिहाको माग गर्दै अभिभावकहरुले गाउंपालिकामा विरोद्ध प्रदर्शन गरेका छन् ।

दुई महिना अघि अवकास भाएकी सुन्दरवती माझीको दरवन्दीमा पदपुर्तिको लागि विज्ञापन गरी अषाढ ९ गते सोमवारको दिन लिएको लिखत परिक्षा निष्पक्ष नगरी प्रश्नपत्र वितरणमा समेत चलखेल गरेका भन्दै तीन जना परिक्षार्थी मध्ये संगिता चौधरी र श्याम प्रसाद यादवले परिक्षालिने विज्ञहरु अनियमितता गरेको आरोप लगाउंदै परिक्षा रद्द गरी पुनः परिक्षाको माग गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोही विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिकेश कुमार सरदार र शिक्षक किर्तनलाल विश्वासले अषाढ १० गते मगंलवारका दिन गाउंपालिकामा उपस्थित भई यो विवाद सम्वन्धमा उजुरी दर्ता गराउन र प्रमाणित प्रतिलिपी माग्नजांदा गाउंपालिका अधयक्ष शिवनारायण माझीले कार्यकारी प्रमुखलाई देखाउने कार्यकारीले शिक्षा समितिलाई देखाउनेले गर्दा गाउंपालिका अध्यक्षले शिक्षक विश्वासलाई अपशब्द प्रयोग गरेको सोही विषयमा विवाद हुंदा अध्यक्ष विश्वासको लिखित उजुरीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रिकेश कुमार सरदार र शिक्षक किर्तनलाल विश्वासलाई इलाका प्रहारी कार्यालय वेलवारी मार्फत सार्वजनिक मुद्दालागाई ७ दिनको म्याद समेत थपि सकेको अवस्थामा अविलम्व रिहाईको माग गर्दै विरोधमा उत्रेका छन् ।

उक्त विषयमा गाउंपालिका उपाध्यक्ष फूलकुमारी विश्वासले भने अध्यक्षले कुनै पनि सल्लाह नगरी एकलौटी रुपमा गाउंपालिका लेटर प्याड प्रयोग गरी उजुरी दिएकोले त्यस विषयमा मलाई केही थाहा भएन तर कुनै उजुरी गर्दा हामी संग सल्लाहा गर्नु पथ्र्यो अहिले अध्यक्ष पनि कामको शिलशिलामा विराटनगरमा छ तुरुन्त सवैवडा अध्यक्ष र अध्यक्ष वसी प्रहरी थुनामा रहेकाहरुलाई निकालिने हिजै देखि लगाी रहेको वताउंनु भयो ।

सो विरोध कार्यक्रम पुलिस विश्वास, मनोज विश्वास, भक्कु विश्वास लगायतको अगुवाईमा आएका अभिभावकहरुले गाउंपालिकामा भई रहेको भ्रष्टाचार, लापर्वाही, ढिलासुस्तु, समयमा कर्मचारी नआउने जस्ता आरोप लगाउंदै भोली सम्म थुनामा रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षकलाई विना सर्त रिहाई नगर गाउंपालिकामा ताल्चा लगाई कामकारवाही ठप्प गर्ने चेतावनी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश