CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

परवानीपु गाउपालिका गापा अध्यक्षले आफै एकलौटी हिडेको : वाडा अध्यक्ष कलवार

गाउको नाला बाट निकालिएको फोहर फेरी नालामा फोहर आफै व्यवस्थित ?

फेटा GP PSA
695
सिम्रौन्गढ़ नपा psa

बारा ।।  बारा जिल्लाको परवानीपुर गाउपालिका वाडा न. ५ का अध्यक्ष रामेश्वर साह कलवारले गापा अध्यक्ष हरिनारायण प्रसाद साह एकलौटी रुपमा हिडेको आरोप लगाएका छन् । गापा अध्यक्ष साहले आफ्नो मनपरी सबै वाडा का नीति कार्ययोजना बनाइ बजेट चालाएको प्रतिक्रिया दिएका हुन् ।

आफ्नो मनपरी सबै गरेकोले आफुले चाहेर पनि आफ्नो वाडामा कार्यनीति योजना बाहेक केहि गर्न नसकेको बताए । आफु स्वक्षता तालिम धेरै चोटी लिएर पनि आफ्नो वाडा लाइ स्वक्ष राख्नका लागि केहि गर्न नसकेको बताए । आफु सार्वजनिक पदमा बसेर पनि जोकोही संग व्यक्ति गत ठाउमा भएको जस्तो गैर जिम्मेवार जस्तो आफु सरकारी सम्पतिको चकुदारी गरेर नबस्ने, जस्ता कुरा गर्ने गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सिआइएन् नेपालले एकलौटी हिडेको सम्बन्धमा गापा अध्यक्ष साह संग टेलिफोन बाट बुझ्दा साहले भने एकछिनको लागि झसंग हुदै कुन वाडा अध्यक्षले यस्तो आरोप लागेको बारे बडो तदारुकताका साथ् सोधेका थिए । वाडा अध्यक्षको नाम भन्दा त्यो वाडा अध्यक्ष सोहि ठाउमा भएकोले वहाको सबै पारा एकै छिनमा सेलाएर बडो नम्र भावले भने वहाले किन त्यस्तो भन्नु भयो त्यो कुरा मलाइ थाहा भएन तर यदि वहाको त्यो आरोप रहेको छ, भने वहाले पारित गर्ने बेलामा बिरोध गर्नु पर्ने थियो त्यो वहाको अधिकार हो । यदि बिरोध कुनै भएको भए नीति कार्य योजना पासनै हुने थिएन । स्वक्ष्ता सम्बन्धि बजेट आफु दिएकै हुन्नाले ओडिएफ़् घोषणा हुन् लागेको  हो भने एकलौटी केहि गरिएको आरोप निराधार रहेको बताए ।

Karaiya Mai Notice Winter

वाडा अध्यक्ष संगै रहेको भन्दै साहले भने वडा अध्यक्षजी मा संगै हुनु हुन्छ वहा संगनै सोध्नु कि वहाले नितिकार्य योजनामा हस्ताक्षर गर्नु भएको छ कि छैन, स्वक्षता सम्बन्धि बजेट वहाले पाउनु भएको छ कि छैन । वाडा अध्यक्ष कलवार संग फेरी सोध्दा अक्क न बक्क केहि नबोल्दै भने स्वक्षता सम्बन्धि बजेट पाएको हो तर स्वीपरको लागि न पाएकोले फोहर व्यवस्थापन हुन् नसकेको प्रतिक्रिया दिएका थिए । “वाडामा राखिएको स्वीपर लाई म आफ्नो गोजीबाट तलब दिनेगरेको हो” अरुदीन जस्तो कुरा गरेको कुरा नराखी आउदो दिनमा यसको लाइ छुट्टै बजेट निकाल्न नीति कार्ययोजनामा राख्ने बताए ।

फोहरको व्यवस्थापन नहुदा स्थानियहरुले निकैनै समस्यामा परेको मधेश जनविद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेलले जानेका छन् । घरघरका बाथरुमका एवं टोवैलेट बाट निस्केका फोहर सोहि नालामा जम्मा हुनेगरेकोले बिना निकासका नाला र त्यसमा पनि पुरै फोहरले जाम भएकोले दिनभरी त्यहि दुर्गन्धित हावा बाट सासफेरने बाध्यता रहेको बताए । बिगतका दिनमा मधेश जनविद्रोह समितिले बिभिन्न दाताहरु बाट चन्दा संकलन गरि लागाइएको दम्पिंगहरु लाइ जनता बाट चुनिएका जनप्रतिनिधिले संरक्षण गर्न नसकेकोले उक्त समस्या आएको मधेश जनविद्रोह समितिका के.स. पटेलले बताएका छन् ।

वाडा अध्यक्ष कलवारले अस्ति टेलीफोन बाट कुरा गर्दै भनेका थिए म आफ्नो गोजी बाट पैसा तिरेर नाला सफा गराएका थिए । तर बढी घाम भएकोले त्यसको व्यवस्थापन गर्न नसकिएको बताए ।  त्यो फोहर फेरी बर्षात भएकोले त्यो निकालिएको फोहर नालामै जम्मा हुदा फेरी पुरानै अवस्थामा परिणत भएर स्थानीय हरु मर्कामा परेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश