CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जननेता भण्डारीको जन्मजयन्तिमा अन्र्तक्रिया

फेटा GP PSA
505
सिम्रौन्गढ़ नपा psa

बिराटनगर ।।  जननेता मदन भण्डारीको जन्म जयन्तिको सन्दर्भमा मदन भण्डारी फाउण्डेसनले आइतबार विराटनगरमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेता भण्डारीको ६८ औं जन्म दिवस पारेर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा भण्डारीका विचारहरुलाई व्यवहारमा उतार्दै कम्यूनिष्ट आन्दोलनलाई अझ सशक्त पार्नुपर्ने सहभागिहरुले बताएका छन् ।

कार्यक्रममा फाउण्डेसनका मोरङ उपाध्यक्ष खडग बहादुर बस्नेतले समाजवाद तर्फ अग्रसर हुन नेता भण्डारीका विचारहरु प्रवाहित गर्दै कम्यूनिष्ट आन्दोलनलाई मजबुत पार्नुपर्ने बताए । प्रदेश नं. १ योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले भण्डारी निश्चित सिद्धान्तका प्रणेता भएकोले जननेता बन्न सफल भएको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनले कार्यकर्तालाई भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलिय जनवादको १४ बुँदे विशेषतालाई राम्ररी मनन गरेर व्यवहारमा उतार्न कार्यकर्तालाई अनुरोध गरे । नेकपाका केन्द्रीय सदस्य गोपी अछामीले राजनीतिक साझा कार्यदल बनाएर समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न उन्मुख हुनुपर्ने कुरामा जोड दिए ।

फाउण्डेसनका केन्द्रीय कमिटि उपाध्यक्ष गुरु बरालले दक्षिणपन्थी अवसरवादलाई नेता भण्डारीका विचारहरुले रोकेको बताए । संघीय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेताहरु वितेर गएपनि उनीहरुले गरेका योगदानहरु अमर हुने बताए । उनले भावनामा बग्नुभन्दापनि यथार्थवादी आधारमा भण्डारीलाई बुभ्mनु पर्ने बताए । नेपालको कम्यूनिष्ट आन्दोलनमा विचार निर्माणमा भण्डारीको विशिष्ट योगदान रहेको पोखरेलले बताए ।

घरेलु प्रतिक्रियावादी सत्ता माथि प्रहार गर्नुपर्छ भन्दै अन्र्तविरोधको वस्तुलाई स्पष्टता नेता भण्डारीले दिएको उपप्रधानमन्त्री पोखरेलले धारणा राखे । मित्रताले दुवै पार्टी बलशाली हुँदै गएकोले तत्कालिन नेकपा माओवादी र एमालेको एकिकरण भएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश