CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फेटा गापामा कार्यक्रमको आडमा कमिसनको कौन्सिलिंग

फेटा GP PSA
2,387
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  बारा जिल्लाको फेटा गाउपलिकामा कार्यक्रमको आडमा कमिसनको कौन्सिलिंग भैरहेको स्थानीयले जनाएका छन् । एक वर्षमा गर्नु पर्ने कार्य आर्थिक वर्षको अन्तिम एक हप्तामा ४० लाखको तालिम, गोष्टीको नाममा सिध्याउन लागेको जानकारहरुले जानकारी गराएका छन् ।

लक्षित वर्गका व्यक्तिहरु बिशेष गरेर किसान रहेकोले खेतमा काम गर्ने बेला तालिम र सचेतना कार्यक्रम गर्न लागेकोले किसानहरुको समय अनुसारको सहभागीता हुन नसकी उक्त कार्यक्रमहरुको रकम सदुपयोग नभै दुरुपयोग नै भैरहेको बिभिन्न बुद्धिजीवीहरुको  भनाइ रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कुनै पनि कार्य गर्नुको उदेश्य हुन्छ, जसले उदेश्यको सफलता प्राप्त हुने गर्दछ तर लक्षित वर्गका तालिम तथा सचेतना कार्यक्रम समयमा नगरी अषाढे झरी झैँ कमिसनको कौन्सिलिंग गर्नलागेको कार्यक्रममा हुने सहभागी हरुको ठम्याई रहेको छ । किसानहरु अषाढमा एकवर्षको जीवन यापन गर्ने बालीनाली लागाउने समयमा संघसंस्थाहरु द्वारा गाउपालिकाले संचालन गर्न लागेको तालिम र सचेतना कार्यक्रम गरी बालुवामा पानि हाले झैँ स्थानीय निकायका कर्मचारी र पदाधिकारीहरुले कमिसनको खेलमा रकम सिध्याउन लागेको युवा तथा बुद्धिजीवी हरुको विश्लेषण रहेको छ ।

Karaiya Mai Notice Winter

गाउपालिकाले प्रस्तावना माग गरि छनौट गरेका संघ संस्थाहरुको नाम अषाढ १० गते सुचना जारी गरि सुचना जारि भएको ३ दिन भित्र लक्षित वर्गका कार्यक्रमका लागि सम्झौता गर्न आह्वान गरेतापनि  कमिसनको खेलमा अहिले सम्म गरिरहेको समाजिक अभियान्ताहरुले जनाएका छन् ।

यसबारेमा गाउपालिका निमित प्रमुख सुनिल यादव संग बुझ्दा “कार्यक्रम सम्झौता गर्न आउन” को अर्थ कार्यक्रम सम्झौता गर्नलाई निबेदन दिन आउन भनिएको हो भनि आफु पन्छिन खोजेका हुन् ।

गाउपालिका अध्यक्ष अमिरीलाल प्रसादले सुचना निकाल्नु त्यो प्रक्रिया हो काम त जुनबेला पनि भई रहन्छ भन्ने जनाएका हुन् । स्थानीय निकाय संचालन गर्ने हामि हौ काम गर्ने हाम्रो अधिकार हो जुन सुकै बेला पनि गरि रहने छौ भनि नियम कानुनको लहारिता देखाउदै आफ्ना अभि व्यक्ति दिएका हन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश