रौतहट।। रौतहट जिल्लामा मधेश अान्दोलनमा सहिद र गम्भीर घाईते भएका परिवार जनका लागि दुधालु भैँसीका साथै ३० हजार नगद हस्तान्तरण गरेका छन्।प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले मधेस आन्दोलन र जनआन्दोलनका सहिद भएका र गम्भीर घाइते भएका परिवारलाई दुधालु भैंसी वितरण प्रदेश नंबर २ का जिल्लाभरीमा सुरु गरेका छन।
सदरमुकाम गौरमा रहेको पशु कार्यालयमा एक कार्यक्रम बिच कृषि राज्यमन्त्री योगेन्द्र यादवले रौतहटको गौर मा ९ जना मधेस आन्दोलनका क्रममा सहिद भएका परिवार जनलाई दुधालु भैंसी र नगद हस्तान्तरण गरेका छन् ।सहिद र घाइते परिवारलाई जीविकोपार्जनका लागि आर्थिक आर्जन गर्न दुधालु भैंसी वितरण गरिएको राज्यमन्त्री यादव बताए ।
वितरण गरिएका भैंसीको दूध ५ देखि ७ लिटरसम्म दूध दिने छमता रहेको राज्य मन्त्री यादवले जनाएको छ । केही तत्वले मेरो बारेमा गलत प्रचार प्रसार गरिरहेकोले त्यसता ब्यक्ति पछाडि नलाग्न र अाफुले गरेको बिकाश जन्ताले अाफै मुल्यांकन गर्ने सहिद परिवारका लागि पहिलोपटक सहयोग भएको अाउने दिनमा प्रदेश सरकार सहिद परिवारका लागि विभिन्न योजना ल्याउने राज्य मन्त्री यादवले अाश्वासन दिएका छन्।