CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अख्तियारका नाइके आफुलाई चिनाउने अख्तियारको फन्दामा

फेटा GP PSA
1,544
सिम्रौन्गढ़ नपा psa

बारा ।।  अख्तियारका नाइके आफुलाई चिनाउने अख्तियारको फन्दामा परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त मेरो चलेको छ, कसैले केही बिगार्न सक्दैन भनेर प्रचार बाजी गर्दै हिडेका थापा सहित दुई जना पक्राउ परेका छन् । भ्रष्टाचारी भैरहेको तर अख्तियारको आँखा नलागेकोले बिभिन्न जानकारहरूको चिया चर्चाको विषय बनेको स्थानियहरुको भनाइ रहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले बारा स्थित पचरौता नगरपालिकाका दुई कर्मचारीलाई घुस रकम सहित आज पक्राउ गरेको छ ।
नगरपालिकाको योजना शाखाका नासु बद्रीबहादुर थापा र इन्जिनियर रामप्रकाश सत्तरालाई अख्तियारको टोलीले एक सेवाग्रहीसंग नगद २९ हजार घुस रकम लिएको अवस्थमा नगरपालिका कार्यालय कक्षबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नासु थापाले सेवाग्राहीसंग योजनाको भुक्तानी टिप्पणी उठाउने वापत रु १४ हजार र ईन्जिनियर सत्तराले सेवाग्रहीसंग योजना अनुगमनमा सही गरेवापत रु १५ हजार रकम लिई रहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

सेवाग्रहीसंग घुस माग गरेको सूचनाको आधारमा अख्तियार हेटौडाका प्रहरी नायब उपरीक्षक केशव कुमार भट्टराई नेतृत्वमा आएको नगद सहित नियन्त्रण लिएको जनाएको छ ।

नियन्त्रणमा लिईका थापा र सत्तरा उपर थप अनुसन्धान भई रहेको अख्तियार हेटौडाका प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश