CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गरीबी हटाउन सहकारीलाई अपनाउन राज्य मन्त्री यादवको भनाइ

फेटा GP PSA
501
सिम्रौन्गढ़ नपा psa

रौतहट।।  प्रदेश नंबर दुईमा गरीबी हटाउन सहकारी संस्था अपनाउनु पर्ने प्रदेश २ का भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले आग्रह गर्नु भएको छ। सहकारी मार्फत हरेक उत्पादनको बजारीकरण गरिनुपर्ने अझ अावश्यक रहेको बताउनुभएको छ ।

रौतहटको सदरमुकाममा आयोजित ‘सहकारी संस्थाहरु को प्रशिक्षण कार्यक्रम मा बोल्दै मन्त्री यादबले जिविकोपार्जन र अर्थाेपार्जनमा प्रदेश २ का ८ जिल्लाका जनताको जिवनस्तरमा सुधार ल्याउनका लागी ३ वटा मुख्यविषय,कृषि,पर्यटन र कृषिलाई औधोगिकरण गर्दै प्रदेश सरकार अगाडी बढिरहेको बताउनुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बेरोजगारी युवाहरुलाई कृषि क्षेत्रमा लगानी गरि जिवीकोपार्जनका लागि बिना ऋणको कर्जा दिने योजना बनिरहेको मन्त्री यादवले जनाएको छ। हाम्रो प्रदेशमा उत्पादन हुने टमाटर,आलु,अाँप ईत्यादीलाई हाम्रै प्रदेशमा स-साना औधोगिक कम्पनी संचालन गराई विभिन्न भेराईटीका फास्टफुड उत्पादन गरि हाम्रो प्रदेशलाई आर्थिक स्थितिबाट अझ मजबुत गर्ने प्रदेश स्तरीय योजनाहरु आउने राज्य मन्त्री यादवले जनाएका हुन।

Karaiya Mai Notice Winter

बिगतमा परम्परागत तरिकाले गरिदै आएको कृषिलाई आधुनीकिकरण गर्दै सहकारी मार्फत अगाडी बढाउने गरिबी निवारणका लागी सहकारीले मुख्य भुमिका खेल्ने राज्यमन्त्री यादबले जनाएको छ ।


राज्यमन्त्री यादबले प्रदेश २ मा झोले सहकारीको पहिचान भईरहेको र त्यस्ता झोले सहकारीलाई हाम्रो प्रदेशमा कारवाहीका लागि कुनै सम्झौता नहुने जनाएको छ।सहकारी संस्थाले अहिले सम्म ब्रान्ड समान उत्पादन नगरेको कारण हाम्रा जन्ताहरुले प्रयोग नगेकोमा दुख ब्यक्त गरे।

सहकारी अगाडी बढेमा हाम्रा जनता गरिबीको पिंडाबाट मुक्त हुने राज्यमन्त्री यादवले बताउनु भयो। सहकारी संस्थाहरुको मुल्यांकन हाम्रो प्रदेशले गरिरहेको र उत्कृष्ट सहकारीलाई प्रदेश सरकारले विभिन्न सुबिधा दिने राज्यमन्त्री यादवले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश