वीरगन्ज,२५ असार /
हावाहुरी प्रभावित बाराको एउटा विद्यालयका विद्यार्थीहरुलाई बुधबार राहत समाग्री वितरण भएको छ । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यार्थीहरुलाई झोला,पोशाक वितरण भएको हो । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ सखुवाघाटमा रहेको जन जागृति माध्यमिक विद्यालयको आर्थिक सहयोगमा दुई सय १० जना विद्यार्थीहरुलाई झोला र पोशाक वितरण भएको नेपाल राष्ट्रिय शिक्षक संगठन जितपुर सिमरा उपमहानगरपालिकाका सचिव सतेन्द्र यादवले जानकारी दिए । राहत वितरण कार्यक्रममा जन जागृत माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष अनिल मैनाली , नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक मदन प्रसाद पटेल , विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्रीराम ठाकुर ,शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।