CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण सम्पन्न

Pheta Chhath Shubhakamana
547
Bara Gadhi Notice winter

काठमाडौं, २९ असार
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जेभियर ईन्टरनेशनल कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बेष्ट भेन्यू पार्टी प्यालेस कालोपुलमा आइतबार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण दिनुभएको छ ।
सो क्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइवर क्राइम, फेसबुक लगायत सामाजिक संजालबाट हुने अपराध र त्यसबाट बच्ने उपाय, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा हुने अपराध र त्यसबाट सुरक्षित रहने तरिका, लागूऔषधको सेवनबाट हुने असर र सुरक्षित रहने तरिका, घटनास्थलमा आफूमाथि आक्रमण हुँदा सुरक्षित रहने उपाय, साइवर बुलिङबाट पर्ने असर, घुम्न जाँदा अपनाउनुपर्ने उपाय, अपराध गर्ने सोचबाट परिवर्तन हुने तरिका लगायत सुरक्षित र शान्त समाजको विकास गर्ने विषयमा प्रशिक्षण दिनुभयो ।

Karaiya Mai Notice Winter

साथै उहाँले विद्यार्थीले राखेका जिज्ञासाको सम्वोधन समेत गर्नुभएको थियो ।जेभियर ईन्टरनेशनल कलेजका प्रिन्सिपल गोपाल भण्डारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सोही कलेजका विद्यार्थी अनिष लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरी र जेभियर ईन्टरनेशनल कलेजको संयुक्त रुपमा आयोजित कार्यक्रममा उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका-५ का वडाध्यक्ष रमेश डंगोल, सामुदायिक सेवा केन्द्र कालोपुलका अध्यक्ष चन्द्र बहादुर खत्री, सो विद्यालयका शिक्षक र विद्यार्थीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, अभिभावकहरु र प्रहरी अधिकृत तथा जवानको समेत सहभागिता रहेको थियो ।

Baiju sah