CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डुबानको निहुँमा विद्युत आपुर्ति अनियमीत, व्यवसायिहरुसँग मिलेमतो भएको खुलासा

फेटा GP PSA
707
सिम्रौन्गढ़ नपा psa

बीरगंज, ३० असार — नेपाल विधुत प्राधिकरण बीरगंज बितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जेनेरेटर तथा इन्भर्टर व्यावसायिहरुसँगको मिलेमतोमा विद्युत आपुर्ति अनियमित बनाएको स्रोतले खुलासा गरेको छ ।

कमिसनको आडमा ईन्भटर तथा जेनेरेटर व्यवसायीहरुको व्यापार बढाउन पर्सा जिल्ला भरि नै विधुत आपुर्ति अनियमित बनाएको बुझिएको छ । नेपाल विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गले नेपाल अधिराज्यलाई लोडसेडिङ्ग मुक्त घोषणा गरेपनि पर्सा लगायत यस आसपासका क्षेत्रमा विधुत आपुर्ति पहिलाझैँ अनियमीत छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्सा जिल्लामा विधुत छिनमै कट्ने र छिनमै आउने भएकाले कतिपय व्यापारिक प्रतिष्ठानका विधुतीय उपकरणहरुमा खराबी आएको छ । त्यसैगरि आम सर्वसाधारणको घरमा पनि नियमीत प्रयोग हुने विधुतीय उपकरण अनियमीत विधुत आर्पुतीले बिग्रिएको सर्वसाधारणको भनाई छ ।

नेपाल विधुत प्राधिकरणका निर्देशक घिसिङ्गले लोडसेडिङ्गमुक्त घोषणा गरेपछि यहाँ ईन्भटर तथा जेनेरेटर व्यवसायीहरुको व्यापारमा ह्रास आएको छ । निरन्तर ओरालो लागिरहेको व्यापार गरिरहेका ति व्यवसायीहरुको व्यवसायलाई उकालो लगाउन प्राधिकरण पर्साका निर्देशक ठाकुरले कमिसनको खेलमा विधुत आपुर्ति अनियमित बनाएको स्रोतले बताएको छ ।

बिगत निरन्तर रुपमा विद्युत आपुर्ति नहुँदा बिशेष गरी गर्मीले गर्दा बीरगंजबासि आजित भएका छन् । तर यस बिषयमा प्रमुख ठाकुर सँग सम्पर्क गर्न खोज्दा फोन उठेको थिएन । लगातार फोन गरेपछि काटेको र अन्तिममा फोन उठाएर आफु धेरै थकित भएकोले फोन सम्पर्क नउठाएको बताउनुभयो ।उहाँले बीरगंजका धेरै विद्युतिय तारहरु अव्यवस्थित जस्ता धेरै कारणले गर्दा विद्युत नियमीत सुचारु गर्न नसकिएको बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश