CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Pheta Chhath Shubhakamana
814
Bara Gadhi Notice winter
वीरगंज ।। 
पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा नगरपालिकास्थित श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले विकास निर्माणको कार्यमा भएको ढिलाई र अनियमितता बारे चाँसोका साथ् प्रश्न उठाएका थिए ।
स्थानीय जनताले विकास निर्माणको कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउन माग गर्नका  साथ् शिक्षा, स्वास्थ्या र रोजगार सम्बन्धित विषयलाई नगरपालिकाले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । स्थानीय शिक्षक मोहम्मद गन्नी अन्सारीले शिक्षा क्षेत्रमा नगरपालिकाको लगानी बढाउनु पर्ने माग गरे । उनले विश्वस्तरमा नगरपालिकाका युवाहरुलाई प्रतिष्पर्धा गर्न तैयार पार्न प्राविधक विद्यालय स्थापना गर्नु पर्ने सुझाव दिएका थिए ।
त्यसैगरी विक्रम साह कानुले विकास निर्माणको कार्य हुने ठाउँमा नगरपालिकाले अनुगमन र निरक्षण गर्न ढिलासुस्ती गरेको बताउदै सडक, नाला र अन्य भौतिक निर्माण हुने स्थानहरुमा नगरपालिकाका जनप्रतिनिधिहरुले प्राविधिक टोलिका साथ् अनुगमन गर्नु पर्ने आवश्यक रहेको बताए । स्थानीयहरुको प्रश्नको जवाव फर्काउदै नगर प्रमुख दिपनारायण रौनियारले पोखरिया नगरपालिकाले उल्लेखनिय विकास गरेको बताएका थिए । उनले नगरपालिकाले हाल बजार क्षेत्र भन्दा पनि ग्रामिण क्षेत्रको विकासका लागि काम गरिरहेको बताए ।
नगर प्रमुख रौनियारले विकास निर्माणको कार्यमा अनियमितता गरेका ठेकेदार कम्पनिहरुलाई नगरपालिकाले कालो सुंचीमा समेत रहेको जानकारी गराए । रौनियारले आगामी कार्यपालिकाको बैठकबाट महानगरले सबै भन्दा धेरै लगानी शिक्षा, स्वास्थ्य र रोजगारमा गर्ने बताए । नगर उप-प्रमुख सल्मा खातुनले कार्यालय व्यवस्थापनको समस्या र कर्मचारीको अभावका कारण नगरपालिकाले खोजे जस्तो कार्य सम्पादन गर्न नसकेको बताईन ।

उनले नगरपालिकामा कहीं पनि गलत गतिबिधि भएको खण्डमा कार्यालय आएर आफुलाई जानकारी गराउन आग्रह गरिन । खातुनले नगरपालिकाले युवाहरुका लागि लक्षित कार्यक्रमहरु घोषणा गर्नका साथ् महिलाहरुको बहुआयमिक विकासका लागि समेत विशेष योजना ल्याउन लागेको जानकारी गराईन । संयोजक संस्थाले एक सर्वेक्षणको आधारमा तैयार पारेको नागरिक प्रतिवेदन र बहिरगमन अभिमत संस्थाका अध्यक्ष तबरेज अहमदले प्रस्तु गरेका थिए ।

वडा नं. ४ का वडा अध्यक्ष लक्षमण प्रसाद साह कानुको सभापतित्वामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष अजय कुमार गुप्ता, वडा नं. ७ का वडा अध्यक्ष नन्दला प्रसाद, वडा नं. ८ का वडा अध्यक्ष किशोरी साह तेली, कार्यपालिका सदस्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालय प्रधानाध्यापक व्यास प्रसाद चौहान, पुर्व प्रअ गौरीशंकर प्रसाद चौहानलगयातले मत्यव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रितेश त्रिपाठीले गरेका थिए ।

Baiju sah