CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

हेटौँडाबाट लागुऔषधसहित दुई जना पक्राउ

Pheta Chhath Shubhakamana
462
Bara Gadhi Notice winter

३ साउन — मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Karaiya Mai Notice Winter

इलाका प्रहरी कार्यालयको टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प ३२४५ नंको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार भुजेलले पछाडि भिर्ने झोलामा लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध वानरेक्स एक सय एम एलको १०० बोतल फेला परेपछि निजहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Baiju sah