CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

असमावेशी लोकसेवा विज्ञापन विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप ! मन्त्री र आयोग प्रमुखको पुतला दहन !!

फेटा GP PSA
696
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, ३ श्रावण – लोक सेवा बिज्ञापन समानुपातिक र समावेशी नभएको भन्दै बिरगंजमा आरक्षण बचाउ युवा समुहद्वारा दोस्रो दिन बिरोध स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पन्डित र लोक सेवा आयोगको प्रमुख उमेश मैनालीको पुत्ला दहन गरिएको थियो ।

बिरोध कार्यक्रममा मन्त्री लालबाबु पन्डित मुर्दावाद , उमेश मैनाली मुर्दावाद , असमावेशी बिज्ञापन खारेज गर , संविधानले दिएको अधिकार खोस्न पाईदैन जस्ता नारा लगाएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फको नेतुत्वमा भएको बिरोध कार्यक्रममा युवा नेताहरु बद्री  तिवारी, विकास तिवारी, निखिल वर्णवाल, चन्दन सहनी, अनिल साह, शेष हजरा, रोशन सिंह, शशि सर्राफ, बिरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईं , नेपाल आदिवासी जनजाति पत्रकार महासघ पर्साका सचिव एवं सन्चारकर्मी हेमन्त तामाङ, मुस्लिम युवा नेता शेख मुन्ना,दलित महिला अगुवा निला राम लगायतकाको उपस्थिति रहेको थियो ।

प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप र घम्साघम्सी पनि भएको थियो ।

Karaiya Mai Notice Winter

प्रहरी हस्तक्षेप लोकतान्त्रीक मुल्य मान्यता विपरीत भएको र सरकार तानाशाही प्रवृती अपनाएको भन्दै युवा नेता विकास तिवारीले आपत्ति जनाए । यस्तै लोकसेवा विज्ञापन नसच्याए कडा आन्दोलनमा उत्रिने युवा निखील वर्णवालले बताए ।

जनताको संवैधानिक अधिकार पनि कटौति गर्न लोकसेवा आयोग उद्दत रहेकोले सबै युवाहरु अधिकार रक्षार्थ आन्दोलनमा होमीन युवा नेता बद्री तिवारीले आह्वान गरे ।

सरकार र लोकसेवा आयोगले फेरी निरंकुशता लाद्ने र एकल जातिय साम्राज्य लाद्न खोजेकोका कारण लोकतन्त्र र समावेशी पक्षधहरु एकजुट हुन कार्यक्रम संयोजक ओम प्रकाश सर्राफले सबैमा आग्रह गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश