CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मास्कोट एकेडेमीलाई अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको उपाधी

फेटा GP PSA
1,115
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज ।।

लियो क्लब अफ वीरगन्ज र सेण्ट्रल सिटी वीरगन्जको संयुक्त आयोजनामा भएको अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मास्कोट एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार वीरगन्जको नगरसभा गृहमा भएको प्रतियोगितामा १५ वटा विद्यालयलाई उछिन्दै मास्कोट एकेडेमीले प्रथम स्थान हासिल गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रतियोगितामा जिएचपी माविले फस्ट रनर अप, डिएभी आरवि केडिया माविले सेकेण्ड रनर अप र गौतम विद्यालयले तेश्रो रनर अप जितेका छन् । लियो क्लब अफ वीरगन्जकी अध्यक्ष भगवती सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लबका रमेश कुमार अग्रवालले उदघाटन गर्नुभएको थियो । वीरगन्जका विभिन्न १५ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य निर्देशक भूवन श्रेष्ठ, राजन शाही, पल्पसा डंगोलले भूमिका निर्वाह गर्नुभएको थियो । लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीका अध्यक्ष प्रकाश गुप्ताको स्वागतमा शुरु भएको कार्यक्रमको संचालन शिवम साहले गर्नुभएको क्लबका उपाध्यक्ष मेराजुल हवारीले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश