CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राहत बितरणमा विभेद भएको नेकपा नेता साह

राहत बितरणमा विभेद भएको नेकपा नेता साह।

फेटा GP PSA
903
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।

गत २८ गते अाएको बिनाशकारी बाढीले रौतहटको गौर नगरपालिका सहित दर्जनौं गाउँमा क्षति पुर्याएको पिडितहरुको घाउमा मल्हम लगाउन नेकपाका सान्सद सहित प्रदेश कमिटि सद्स्यहरुको टोलिले जनतालाइ जन्ताको घरघरमा पुगेका छन्। बाढीले रौतहटमा जनधन क्षति देखि कृषि क्षेत्रमा समेत नोक्सान गरेको नेकपाका सांसद रेखा झाले बताएकी छिन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

क्षति पुर्याएको घरहरुलाई पुर्णस्थापना गर्न सरकार संग मांग गरेकी छिन ।पीडितको पाल पाल ,घर घरमा पुगेर संघीय सान्सद रेखा झा ,सरला यादब र प्रदेश न दुइका प्रदेश कमिटि सद्स्य एव गौर नगरपालिकाका मेयर प्रत्यासी शम्भु साह सहितको टोलिले बाढीले क्षति पुर्याएका पिडितहरुको घरमा मल्हम लगाउन पुगेका छन्।

Karaiya Mai Notice Winter

गौर नगरपालिकाको वडा न १ देखि ९ सम्म निरीक्षण र अवलोकन र पीडितको अवस्था बुझेका टोलिले एउटा प्राधिकरण नै गठ्न गरेर ठोस निति बनाएर स्थाइ रुपमा समस्या सामाधानका लागि तिनै तहको सरकार एक जुट भइ सक्रिय सहभागितामा काम गर्नुपर्ने बताइन ।संघीय सान्सद सरला यादबले अस्थाई रुपले होइन स्थाइ रुपमा सदरमुकाम गौर सहित बाढी प्रभावित हुने क्षेत्रलाई नक्साङकन गरि अधिकार समपन्न बिपन्न ब्यस्थापन समबन्धि एउटा प्राधिकरण गठन गरिनु पर्ने बताइन ।

त्यसै निरीक्षन कै क्रममा सान्सद रेखा झाले बकैया र बागमतिको बाधलाइ मजबुत र ब्यबस्थित बनाउन लागीपर्ने बताइन ।झाले भारतीय सिमामा बाधिएको बाधको इमर्जेन्सी ढोका नखोलिएको कारन गौर डुबानमा परेको बताउदै आउदो दिनमा घटना दोहरिन नदिन कुटनितिक पहल थालिनुपर्ने बताइन ।फरक प्रसङमा बोल्दै सान्सद झाले गौर सहित विभिन्न ठाउँको राहत बितरनमा भैरहेको विभेद रोकिनुपर्ने बताइन । टोलिमै सहभागी नेकपाका प्रदेश कमिटी सद्स्य एव गौर नगरपालिकाका मेयर प्रत्यासी शम्भु साहले नगरपालिकाले राहत बितरन गर्ने काममा ठूलो विभेद र काखा पाखा गरेको आरोप लगाए ।

साहले वास्तविक पिडित भन्दा जनप्रतिनिधिको आसेपासेले राहत पाइरहेका भन्दै आक्रोश पोखे ।पीडित परिवारको बिचल्ली देखेर आफू मर्माहित भएको बताउदै साहले राहतको नाममा विभेद र जनता ठग्ने कार्य बन्द गर्न नगरपालिकालाइ चेतावनी समेत दिए । भने गत २८ गते अाएको बिनाशकारी बाढीले अहिले सम्म रौतहटमा १७ जनाको डुवेर मृत्यु भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश