CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

९५ बर्षको उमेरमा काँग्रेसका स्वतन्त्र सेनानी बैठाको निधन

फेटा GP PSA
569
सिम्रौन्गढ़ नपा psa

कलैया ।।   

नेपाली काँग्रेसका स्वतनत्र सेनानी लक्षुमन बैठाको ९५ बर्षको उमेरमा आईतवार निधन भएको छ । लामो समय देखि बिभिन्न रोगले ग्रसित बैठाको निधन उनको गाँउ बोहामा भएको हो । उनको जन्मभुमि बोहामा अन्तिम श्रादञ्जली अर्पण गर्दै उनको निधनले पार्टीलाई अपुरणिय क्षति भएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजय यादवले बताए । देशमा प्रजातन्त्र जोगाउनका लागि उनको भुमिका निकै अहम रहेको यादवले भने । उनी राणकालमा पनि देशका लागि योग्दान दिएका ब्यति मध्ये एक थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गणेशमान सिह, विपी कोईराल , कृष्ण भटराई, सुवर्ण सम्शेर जस्ता काँग्रेसका नेताहरु संगै राजनितिक यात्रामा होमिएर नेपाली काँग्रेसलाई उचाईमा पुगाएका योद्धा रुपमा चिनिनु हुन्थ्यो ।बाच्चुनजेल्ल सम्म बैठा पार्टीका लागि काम गरिरहे । उनले देखाएको वाटोमा हामी हिडन पाए बैठा प्रति सच्चा श्रादञ्जली अर्पण हुनेथियो सभापति यादवले भने ।

उनको पार्थिव शरिरमा नेपाली काँगेसका जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादव, बिधायकका प्रत्यासी उम्म्ेदवार भागवत साह, आर्दश कोतवाल गाँउपालिका अध्यक्ष मुसतुफा अंसारी, आर्दश कोतवाल गाँउपालिकाका काँगेस पार्टीका अध्यक्ष पदका प्रत्यासी उम्म्ेदवार जवाहर साह, नेपाली काँगेसका नेताहरु रामनरेशकान्त कुशवाहा, उपेन्द्र जसवाल रामाकन्त साह, राधव प्रसाद यादव, मुना पटेल, सत्यनारयण यादव लगायतले अन्तिम श्रादञ्जली अर्पण गर्दै बैठाको निधनले आफुहरु लाई मर्माहित बनाएको बताएका थिए ।

उनले गरेका कामकाज पार्टीले सधैव सम्झी रहने सबै नेताले प्रतिवद्धता गरेका थिए । यसै बिच अम्रिकाका रहनु भएका नेपाली काँगेसका नेता डाक्टर शोभाकर पराजुलीले टेलीफोनवाट शोक सन्तप्द परिवार प्रति सम्बेदना प्रकट गरेका छन् । भगवान पशुपतिनाथले बैठाको परिवारलाई शक्ति प्रदान गरुन भनी कमना समेत गरे । उनको निधनले आफुलाई निकै दुखी बनाएको समेत डाक्टर पराजुलीले बताए । बैठाको दाह संस्कार हिन्दु परम्परा अनुसार जमुनी नदीमा गरिएको हो । उनको ३ वटा छोरा रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश