CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

जुत्ता चप्पलको माला सहितको तिनटै सरकारको पुत्ला दहन

फेटा GP PSA
1,573
सिम्रौन्गढ़ नपा psa

परवानिपुर, बारा ।।

बारा जिल्लाको परवानीपुर गाउँपालिका मा तीनवटै सरकारको पुत्ला बनाई जुत्ता चप्पलको माला लगाई पुत्ला दहन गरिएको छ। चैत्र १७ गतेको चक्रपात भुमरी पिडितहरूको घर नबनेको हुनाले पीडितहरूले स्वस्फुर्तरुपमा कालोझण्डा लहराउँदै परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ताका करिब सयौंको संख्यामा पीडितहरूले विभिन्न प्लेकार्ड सहितको जुलुस वाडा भरी परिक्रमा गरेका छन्। वाडा कार्यालय बाट सुरु भइ पुनः वाडा कार्यालय अगाडीनै समापन गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८

अन्धा केन्द्रीय सरकार मुर्दाबाद, बहिरा प्रदेश सरकार मुर्दावाद, अपाहिज स्थानीय सरकार मुर्दावाद भन्ने भोजपुरी भाषामा प्लेकार्डहरु मा लेखिएको थियो। पीडितहरूले आफूहरुलाई उपेक्षित गरेको भन्दै तीनवटै सरकारको पुतला वडा कार्यालयकै अगाडि दहन गरेका छन ।

Karaiya Mai Notice Winter

स्थानीय पासपत राउतको अनुसार एमालेलाई हामी जिताएर ठूलो गल्ती गरेको महसुस गरेको भन्दै सिंगो गाउँलाई नै बर्बाद गरेको आरोप लगाए। जस्को पक्की मकान छ उसको कुखुराको घर बनिरहेको तर जसलाई बास बस्न आश्रय छैन उसको नाम घर बनाउन लाई बनाइएको लिस्ट बाट पनि हटाइएको बताए ।

राउतको अनुसार १० वर्ष पहिला ढलेको घर बनिदै छ तर हावाहुरीले ढलेको घर नबनाई आफ्नो नातागोता आफन्त र पार्टीगत हिसाबले घर बनाइरहेको आरोप लगाए । बारम्बार स्थानीय सरकारलाई गुहार गर्दा पनि कुनै वास्ता नगरेको पीडितहरूको आरोप रहेको छ।

वडा अध्यक्ष गजेन्द्र पटेलसँग बुझ्दा पीडितहरूको पीडालाई आत्मसात गरी अगाडि बढिरहेको बताए। उच्च अदालतमा मुद्दा दर्ता गरी पीडितहरूको समस्याको समाधानतर्फ आफूले लागेको बताए। यो समस्याको समाधान मन्त्रालयबाट नै हुने भएकोले आफूले मन्त्रालय जाने सोच बनाएको बताए। मन्त्रालयमा आफु एक्लै गए कुनै प्रभाव नपर्ने भएकोले प्रभावकारी नेतालाई लिएर जाने उहाँले बताएका हुन्। केन्द्रीय सरकारको इसारामा प्रमुख जिल्ला अधिकारीले नै प्लटिङ हिसाबले हिंडेकोले यस्तो समस्या आएको वाडा अध्यक्ष पटेलले बताए।

स्थानीय सरकारलाई पीडितहरूले बारम्बार गुहार गर्दा पनि कुनै वास्ता नगरेको ले मधेश जन विद्रोह समिती लाई भने पश्चात उक्त समितिका केन्द्रीय सदस्य अजय पटेलको नेतृत्वमा आजा पुत्ला दहन कार्यक्रम गरिएको छ। नेता र नातागोताको घर बन्ने र वास्तविक पीडितको घर किन नबन्ने बारेमा जनताहरुले यसको बारेमा विरोध गरेका छन्।

Baiju sah