CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिपी को स्मृतिमा पीडित लाई रौनियारले गरे फलफूल बितरण

फेटा GP PSA
970
सिम्रौन्गढ़ नपा psa

बारा, कलैया ।।

बिपी नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस तथा काँग्रेसका विभिन्न भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रममो आयोजना गरी बिपीको स्मृति गरिरहेका छन् । सोहि अवसरमा बारामा रहेका नेपालि कांग्रेसका भात्री संगठन नेबिसघ का निबर्तमान सह महा मन्त्री राजेश रौनियारको नेतृत्वमा फलफुल वितरण गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जन नायक बिपि कोइराला को ३७ औ स्मृति दिवस को अवसर पारेर आज बिपि अध्यन प्रतिष्ठान बारा ले कलैया अस्पताल का बिरामी हरु फलफूल बितरण गरेको छ। बिपी जनताको प्रेमी भएकोले जनमानसमा आफ्नो निकैनै छुट्टै छाप छोडेका बीपीको स्मृतिमा जनता लाई सेवागारी स्मृति मनाएको रौनियारले बताए ।

Karaiya Mai Notice Winter

बारा का पुर्ब जिबिस सभापति राजेन्द्र यादवको प्रमुख आतिथ्यता तथा नेबिसघ बारा का जिल्ला अध्यक्ष राकेश पान्डे, काङ्ग्रेस बारा का जिल्ला सदस्य प्रमोद यादव, विद्यार्थी नेता बिनय राज शर्मा, प्रेस युनियन का अनिल गुप्ता , बिपि अध्यन प्रतिष्ठान बारा का कार्यवाहक अध्यक्ष राहुल गुप्ता लगायत को उप्स्तिथी मा समपन भएको छ । चालीस जना बिरामी हरु लाई फलफूल बितरण गरिएको तथा उक्त अवसर मा कलैया अस्पताल का मेसु त्रिभुवन चन्द्र झा को पनि उप्स्तिथी रहेको थियो।

बिपी कोइरालाको जन्म वि सं १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । उहाँ नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित छन् । क्यान्सर रोगबाट थला परेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल परेका थिए । कोइरालाको नेतृत्वमा जहानियाँ राणा शासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भएको थियो ।

बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गरेका थिए । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत परिचित छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए । तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए ।

उनि २०२५ सालसम्म आठ वर्ष निरन्तर जेलमै रहे । त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उनले नेपाली साहित्यमा र्पुयाउनुभएको योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश