CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आरक्षण जोगाउ आन्दोलन सशस्त्र बनाउन धनुषामा पनि समिति गठन हुने

फेटा GP PSA
1,096
सिम्रौन्गढ़ नपा psa

कुलदिप दास (प्रेम) धनुषा ।।

आरक्षण जोगाउ आन्दोलन सशस्त्र बनाउन धनुषामा पनि समिति गठन हुने भएको छ । समाजवादी पार्टीका नेता नविन यादबले आरक्षण जोगाउ आन्दोलनका लागि समिति गठन गर्ने तयारीमा लागेको बताए । लोक सेवा आयोगले आरक्षण कटौती गरेर स्थानीय तहका लागि झण्डै ९ हजार कर्मचारीको विज्ञापन निकाल्दा आरक्षण बचाउ नाममा देशभर आन्दोलन जारी छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला जिल्लामा समिति गठन धमाधम भइरहेको छ । धनुषामा हालसम्म समिति नबनेपनि पटक पटक आन्दोलन यूवाहरुले गरेका छन् । आन्दोलनलाई उजाइमा पुर्याउन समिति गठन गरी आवश्यक निर्णय गर्ने नेता यादबले जानकारी दिए । उनले भने, ‘लोक सेवा आयोगले असमावेशी विज्ञापन निकालेर ठूलो विभेद गरेको छ । यसविरुद्ध हामी चरणवद्ध आन्दोलन थाल्छौं ।’

उनले लोक सेवा आयोगले आरक्षण कटौती गरी संविधानलाई नै चुनौती दिएको र संघीयतालाई समाप्त पार्न खोजेको आरोप पनि लगाए । केहि दिनअगाडी जनकपुरमा आयोग अध्यक्ष र सामान्य प्रशासन मन्त्रीको पुतला जलाउँदा नेता यादबसहित दर्जनौं यूवा पक्राउ परेका थिए । नेता यादबले जनकपुरका सरकारी कार्यालयमा व्यापार भ्रष्टाचार र अस्पतालमा ठगी भइरहेको भन्दै सो विरुद्ध पनि आन्दोलन गर्ने जनाएका छन् ।

उनले दुई सातामै चार अस्पतालको लापरबाही बाहिर आएको भन्दै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आन्दोलन गर्ने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश