![Devatal Chhath](https://www.cinnepal.com/wp-content/uploads/Devtal-shubhakamana.jpg)
पाइप लाइनको उद्घाटन ओली–मोदीले गर्ने
![Pheta Chhath Shubhakamana](https://www.cinnepal.com/wp-content/uploads/feta-gp.jpg)
![Bara Gadhi Notice winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Bara-Gadhi-Notice-Final.gif)
जनकपुरधाम : केहि दिनअघि मात्रै परीक्षण सम्पन्न नेपाल–भारत पेट्रोलियम पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो पुगेर मंगलबार निरीक्षण गर्दै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले उक्त जानकारी गराएका हुन् । मन्त्री यादवसँगै नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितकाले डिपोको स्थलगत निरीक्षण गरेका छन् ।
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन बिस्तार भएपछि गत गत शुक्रवार यसको परीक्षण गरिएको थियो । सफल परीक्षण पश्चात नेपालका मन्त्री र भारत सरकारको प्रतिनिधित्व गर्दै राजदूत पुरी अमलेखगञ्ज आएका हुन् ।
![प्रसौनी गापा सामाजिक संदेश ०७८](https://www.cinnepal.com/wp-content/uploads/2021/11/Prasauni-Gaupalika.jpg)
![Karaiya Mai Notice Winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Karaiya-Mai-Gaupalika-Notic.gif)
मन्त्री यादवले यसको औपचारिक उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गर्ने जानकारी दिए । उनले यसबारे छिट्टै निर्णय हुने बताए । भारतीय राजदूत पुरीले पाइपलाइन आयोजनाले दुबै देशको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास व्यक्त गरे ।
नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता सन् २००४ मा भएको थियो । यद्यपी काम भने सन् २०१८ बाट शुरु भएर १६ महिनामा सम्पन्न भएको छ । कुल ६९.७ किलोमिटर लम्बाई रहेको मोतियारी–अमलेखगञ्ज पाइपलाइन आयोजना विस्तारमा भारत सरकारले तीन अर्ब २४ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।
आयोजना सुरुवातमा कुल लागतको ७० प्रतिशत भारतले र ३० प्रतिशत नेपालले ब्यहोर्ने भनिएपनि पछिल्लो समय सबै रकम भारत सरकारले लगानी गरेको छ ।
![Baiju sah](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Messenger_creation_87266e67-cb29-48a3-8237-118d766a3566.jpeg)