CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लाखौं रुपैयाँ सहित १ जना पक्राउ

लाखौं रुपैयाँ सहित १ जना पक्राउ ।

फेटा GP PSA
606
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।साउन ९।

रौतहट जिल्लाको गौरमा लाखौं रुपैयाँ सहित १ जना पक्राउ परेका छन्। गौर नगरपालिका वडा नंबर ३ स्थित एउटा झोलामा संकाशपद समान राखेको खबर प्रहरीलाई पुग्दा गोप्य तरिकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गढीमाई नगरपालिका वडा नंबर ७ का २३ बर्षीय अजमतुल्ला अंसारीलाई २५ लाख रुपैयाँ सहित पक्राउ गरेको प्रहरी निरीक्षक पप्पु नायकले जनाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रहरीले अंसारीलाई नगद सहित पक्राउ गरि अावश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याईएको थियो। अंसारीको बारेमा अनुसन्धान गर्दा रकमको भरपर्दो स्रोत नखुल्दा निज अंसारीलाई सम्पत्ति शुद्धीकरणका लागि काठमाडौं पठाईएको प्रहरी निरीक्षक नायकले जनाएको छ। अंसारी संग १०० को नोट १ हजार थान,५०० को नोट २७५६ थान र १ हजारको नोट १०२२ थान सहित प्रहरीले पक्राउ गरेको छ।

जिल्लामा हुन्डी कारोबारीको संख्या अहिले पनि धेरै बढेको हुँदा तिसबै ब्यक्तिलाई तह लगाउने प्रहरी निरीक्षक नायकले जनाएको छ । प्रहरी निरीक्षक नायक अाएपछि विभिन्न अपराधीक घटनामा संलग्न रहेका ब्यक्तिहरुलाई पक्राउ गरि कतिको जेल चलान भईसकेको र कतिको अनुसन्धान पनि भईरहेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश