वीरगञ्ज, श्रावण ०९।।
सखुवा पर्सौनी गाउँपालिकाका कार्यकारी निर्देशक सन्देश यादवल अब देखि सर्वसाधारणलाई दुःख नदिने तथा जनप्रतिनिधीहरुको समन्वयमा विकास निर्माणका कार्यहरु गर्ने र नियमित कार्यालय जाने लगायतका कुराहरुको लिखित सहमति गरेपछि विवाद साम्य भएको छ ।
प्रहरी नायब उपरिक्षक अनन्त शर्माको रोहवरमा जिल्ला प्रहरी कार्यालय पर्सामा आज भएको पर्साका अधिकाँश स्थानिय निकायका जनप्रतिनिधी तथा कार्यकारी अधिकृतहरु बिचमा वार्ता भएको हो ।
वार्तामा सखुवा पर्सौनी गाउपालिकाका कार्यकारी अधिकृत सन्देश यादवले विधिसम्मत तरिकाले भएका विकास निर्माणका कार्यहरुको भुक्तानी दिनमा झन्झट नगर्ने, नियमित गाउँपालिकाको कार्यालयमा जाने, जन प्रतिनिधीहरु सँग समन्वय गर्ने लगायतका लिखित सहमति गरेका छन् भने गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवालले विधिसम्मत तरिकाले काम काज गरे गाउँपालिकाका कर्मचारीहरुको सुरक्षाको प्रत्याभुति आफुले गराउने भनेर लिखित सहमति जनाएपछि विवाद साम्य भएको हो ।
पर्सा जिल्ला भरीका कार्यकारी अधिकृत हरु आन्दोलन गर्ने धम्की दिएपछि पर्साका सम्पुर्ण स्थानिय निकायका जन प्रतिनिधीहरु एकजुट भई यसरी जनता लाई दुख दिई कमिसन खोज्ने र उल्टै आन्दोलनको धम्की दिने कर्मचारीहरुको गलत रवैयाको विरोधमा आफुहरु सशक्त आन्दोलन गर्ने अडानका साथ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि दुवै पक्षका अगुवाहरुबीच सहमति भएको गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवालले बताउनुभयो ।