CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला ट्राफिक प्रहरीले १ वर्षमा ट्रक ६ हजार ६ सय १९ कार्वाहीः८७ जनाले ज्यान गुमाए

फेटा GP PSA
519
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,श्रावण ११ गते । जिल्ला ट्राफिक प्रहरीले १ वर्षमा मोटरसाइकल १४ हजार ३ सय ७१ कार्वाही गरेका छ । जिल्ला भरीमा श्रावण देखि आषाढ मसान्त सम्मको १४९ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी पूरुष ७० जना,महिला १२ जना बालक २ जना बालिका ३ जना जम्मा ८७ जनाले ज्यान गुमाएका छन् । भने गम्भिर घाइते ११७ जना,समान्य घाइते ६९ जना गरी जम्मा १८६ जना घाइते भएका छन् । चालु आर्थिक बर्ष २०७५÷०७६ को श्रावण देखि आषाढ मसान्त सम्म भएको छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए ।
सिराहको जिल्ला ट्राफिक प्रहरी कार्यालयले श्रावण देखि आषाढ मसान्त सम्ममा ३२ हजार २ सय ३ सवारीसाधन कार्वाहीमा, १ करोड ८० लाख ९५ हजार ५ सय राजस्व असुली गरेका छन् । त्यैस मध्ये ट्रक ६ हजार ६ सय १९, बस ३ हजार २१, जीप कार ४ हजार ५ सय ९२, मोटरसाइकल १४ हजार ३ सय ७१, ट्रयाक्टर ३ हजार ३ सय ६ र अन्य २ सय ८४ बटा लाई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

८७ जनाले ज्यान गुमाएका

Karaiya Mai Notice Winter

जिल्ला ट्राफिक प्रहरी कार्यालयले श्रावण देखि आषाढ मसान्त सम्ममा १४९ बटा सबारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ८७ जनाले ज्यान गुमाएका छन् । जसमा पूरुष ७० जना,महिला १२ जना बालक २ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।

चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश