CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

मन्त्री यादवले बाँडे चामल

Pheta Chhath Shubhakamana
544
Bara Gadhi Notice winter

बाढीप्रभावित धनुषाको पूर्वीक्षेत्रका करिब ६ सय परिवारलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले राहत विवरण गरेका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको बाढीले विध्वंश मच्चाएको क्षेत्रमा आफैं पुगेर मन्त्री यादवले अनुगमन तथा राहत वितरण गरेका हुन् ।

Karaiya Mai Notice Winter

धनुषाकै क्षेत्र नं. १ बाट निर्वाचित यादवले शनिबार जनकनन्नदी गाउँपालिकाको इनरुवा र मल्हिनियालगायतका ठाउँमा बाढीले पु–याएको क्षतिको अवलोकन गरे । मन्त्री यादवको पहलमा शुक्रबार पनि गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकाका बाढीपीडित २५० परिवारलाई चामल, दाललगायत वितरण गरिएको नेकपाका धनुषा सचिव दिपक यादवले जानकारी दिए ।

राहत वितरण गर्दै मन्त्री यादवले चुरे विनाशले गर्दा समथर जमिन रहेको प्रदेश २ मा बाढीको प्रकोप बढेको बताए । तराईको भूभागलाई बाढीपहिरोबाट जोगाउन चुरे संरक्षण आवश्यक रहेको उनको भनाइ छ । ‘राहत र उद्धारको पूर्वतयारी नहुँदा बाढीबाट बढी क्षति हुने गरेको छ,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकारले बाढीपहिरोको पूर्वतयारी गर्नुपर्छ ।’

Baiju sah