CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रोट्रयाक्ट क्लब अफ लुुम्बिनी सिद्धार्थनगरको नया कार्यसमिति चयन

फेटा GP PSA
545
सिम्रौन्गढ़ नपा psa

रोट्रयाक्ट क्लव अफ लुुम्बिनी  सिद्धार्थनगरमा वर्ष २०१९÷२० का लागि जय सिंह थापा अध्यक्षमा चयन हुुनुभएको छ । भैरहवा स्थित होटल पौवामा एक कार्यक्रमको आयोेजना गरी ७ औँ पदहस्तान्तरण सँगै थापा अध्यक्षमा चयन हुनुभएकोे हो ।

पद हस्तान्तरण कार्यक्रम वर्र्ष २०१८÷१९ अध्यक्ष ईश्वर भट्टराईले २०१९÷०२० का अध्यक्ष जय सिंह थापालाई पद हस्तान्तरण गर्नुभयो । भट्टराईले थापालाई रोट्रयाक्ट अध्यक्ष कलर लगाएर क्लबको चार्टर सर्टि्फिकेट तथा ग्यावल हस्तान्तरण गर्नुभएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रम  रोटरी लुुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले थापालार्ई र  अध्यक्ष थापाले रोट्रयाक्टका बोर्ड  पदाधिकारीलाई सपथ ग्रहण गराउनु भयो । पद ग्रहण गर्दै अध्यक्ष थापाले आफ्नो कार्यकालमा सर्वप्र्रथम अनुशासनलाई मुख्य प्रथामिकता दिएकै बताउँदै रोट्रयाक्टहरुलार्ई प्रोफेसन्ल,नेतृृत्व विकाशका तालिमा  जोड  दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी २०१८÷०१९ का अध्यक्ष भट्टराईले विभिन्न विद्यामा अवार्ड र  प्रशंसा पत्रहरु प्रदान गर्नुका साथै सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गनुभयो ।  उहाँले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयमा छात्राहरुका लागि सेनेटेरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण ,सडक निर्माणमा सहयोग,शैक्षिक सामाग्री सँगै फेलोसिप लगायतका कार्यहरु गरिएको बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथी रोटरी नेपालका पुर्व डिष्ट्रिक गर्भनर सन्जय गिरीले रोट्रयाक्टले धेरै नृेतृत्वकर्ताहरु उत्पादन गरेको बताउनुभयो । लुम्बिनी सिद्धार्थ नगरले गरेका कार्यहरुको प्रशंसा गर्दै युवा रोट्रयाक्टहरु बिचमै हराउने प्रवृति पनि रहेको बताउँदै निस्वार्थ समाज सेवामा निरन्तर रुपमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

Karaiya Mai Notice Winter

पद हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक गर्भनर नोमिनी सन्तोष रिजाल,पुर्व एजि एवम् रोटरी क्लव अफ लुुम्बिनी सिद्धार्थनगरका खिम बहादुर कार्की , रोटरी लुुम्बिनी सिद्धार्थनगरका पुर्व अध्यक्ष जितेन्द्र शर्मा, रोटरी लुुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रोट्रयाक्ट डिष्ट्रिकका ट्रेजरर पेशल भट्टराई,एसिसटेन्ड डिष्ट्रिक टे्रजरर बिक्रम क्षेत्र, डिष्ट्रिक कमिटी मेम्बर दिनेश अग्रवाल,जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ मिलन भण्डारी लगायतको आतिथ्यतामा कार्यक्रममा भएको हो ।

कार्यक्रम सन्देश बरालको स्वागत ,सचिव नम्रता सिंह क्षेत्री र  समिर बस्नेतको संचालन तथा प्रेसिडेन्ट ईलेक्ट सुरज भट्टराईको धन्यवाद ज्ञापनमा सम्पन्न भएको हो । विभिन्न क्लवका अध्यक्ष सचिव लगायतको उपस्थिती रहेको कार्यक्रममा नयाँ सदस्यहरुलाई समेत क्लवमा स्वागत गरिएको हो।

उक्त पद हस्तान्तरण कार्यक्रममा क्लवको टिर्सट विमोचन समेत गरिएको हो ।

आर आई डिष्ट्रिक ३२९२ भुटान अन्र्तगत रोट्रयाक्ट नेपालका विभिन्न जोनहरुका क्लवमा पद हस्तान्तरण कार्यक्रम जुलाई १ देखी सुरु भएका छन् । जुन कार्यक्रम जुन महिना सम्म हुने गर्दछ । १३ वटा जोन मध्ये लुम्बिनी सिद्धार्थनगर जोन १२ मा रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश