CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संचारकर्मी कार्कीको मौलिक तीज गीत बजारमा (भिडियो सहित)

तीज पर्वको गीत संगीतको माध्यम बाट चर्चा हुन् सुरु

फेटा GP PSA
847
सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।।

तीज पर्व गीत संगीतको माध्यम बाट चर्चा हुन् सुरु भएको छ । तीज पर्वको नया शैलीमा आफ्नो रितिरिवाज संसकृति झल्काउदै गीतको रचना गरिएको छ । नेपाली हिन्दु नारीहरुले परापूर्वकाल देखि मनाउँदै आएको तीज पर्व आउन अझै केही समय बाँकी नै रहेकोपनि यसको चर्चा भने सुरु भइसकेको छ । यो पर्वको चर्चा अरुभन्दा पनि गीत–संगीतको माध्यमबाट बढी हुनेगर्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

टेलिभिजन तथा युटुब च्यानलहरुमा तीज आउनुभन्दा झण्डै २ महिना अघि देखि नै गीतहरु बज्न थाल्छन् । तीज आउनु र रमाइलोसित मनाउनु भन्दा पनि तीजका गीतहरु बजारमा लगेर चर्चा र पैसा कमाउने उद्धेश्यले नै यति चाँडो गीतहरु बनाएर बजारमा पठाउने गरिन्छ ।

यसबाट आफनो देशको कला र संस्कृतिको संरक्षण र विकासमा टेवा पुग्छ नै तर मिडियाबाजी गर्ने र अनावश्यक प्रतिस्पर्धाका कारण चाड आउनुभन्दा पहिले नै अनावश्यक प्रचार हुनजाँदा त्यसको महत्व नै घट्न जाने अवस्था आउन सक्छ ।

Karaiya Mai Notice Winter

यसमा सर्जकहरुनै सचेत हुन जरुरी छ । २०७६ सालको तीज आउनै लागेको यसै अवसरमा कलाकार रेश्मी कार्की र शोभा गौतमको स्वरमा ‘तीज आयो लौ तीज आयो’ बोलको गीत बजारमा आएको छ ।

युटुब च्यानल ओएसआर डिजिटलले बजारमा ल्याएको गीतमा शब्द रचना गोबिन्द गौतमको रहेको छ । संगीत व्यवस्थापन उदयराज पौडेलेको छ भने संगीत बिकास चौधरीको रहेको छ । गीतमा मोडल एवं नायिका अनु शाह लगायतको अभिनय रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश