CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्यास सिलिण्डर तथा चुल्हो सांसद प्रभु साहको पहलमा रौतहटको सयौ परिवारलाई गरियो वितरण

फेटा GP PSA
824
सिम्रौन्गढ़ नपा psa

करण कुमार मिश्र, रौतहट ।।

नेपाल कम्नियुष्ट पार्टी ( नेकपा ) प्रदेश नं २ का अध्यक्ष एवं रौतहट क्षेत्र नं ३ का सघिय सांसद तथा पुर्वमन्त्री प्रभु साहको पहलमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ७ हर्षाहा टोलमा आज सयौ परिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रदेश २ का सांसद कुन्दन कुश्वाहाको प्रमुख आतिथ्य तथा फतुवा विजयपुर नगरपालिकाकी उप प्रमुख कान्ती देवी महतोको अध्यक्षतामा हर्षाहामा आयोजित एक कार्यक्रमका विच हर्षाहाका १४० घर परिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको छ ।

Karaiya Mai Notice Winter

तराई मधेश जनयुद्ध स्मृति प्रतिष्ठान कटहरियाको सहयोगमा उक्त ग्यास सिलिण्डर वितरण गरिएको हो । कार्यक्रमका प्रमुख आतिथि प्रदेश सांसद कुश्वाहा, उप प्रमुख कान्ती देवी, विशिष्ट अतिथि मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले संयुक्त रुपमा गृहीणी महिलाहरुलाई खाना पकाउन सहज र सुलभ र समयको बचत होस भन्ने उदेश्यका साथ ग्यास सिलिण्डर वितरण गरीएको छ ।

यसैविच त्यसै कार्यक्रममा जनकपुर घर भएका समाजसेवी मुना साहले बाढीबाट क्षति भई पिडित भएकाहरुलाई राहतका सामग्रि वितरण गरेका छन । समाजसेवी साहले बाढीबाट प्रभावित १४० घर परिवारलाई एक महिना पुग्ने जति खाद्यान सामग्रि वितरण गरेका हुन ।

विकास एण्ड ब्रोदर्स कन्ट्रक्सन प्रा.लि. नामको संस्थाको तर्फबाट मुना साहले प्रत्येक बाढि पिडित परिवारलाई २५ किलो चामल, १५ किलो आटा, ५ किलो दाल, ३ किलो खानेतेल, २ किलो नुन वितरण गरेका हुन । ग्यास चुल्हो तथा राहत वितरण कार्यक्रममा नेकपाका नेता कार्यकर्ता लगाएतको जन समुदायहरुको पनि सहभागिता रहेको थिए।।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश