CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलंकी गोलीकाण्ड फरेन्सिक रिपोर्ट : सडक डिभिजनका पूर्व इन्जिनियरको पेस्तोलबाट गोली चलेको छैन

फेटा GP PSA
460
सिम्रौन्गढ़ नपा psa

काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा ट्वीस्ट आएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सक जाँचबाट खुलेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सवेदीले सामाखुशीस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको ब्यालेस्टिक जाँचको नतिजा ‘नेगेटिभ’ आएको पुष्टि गरे ।

सुवेदीले भने, ‘हामीले अन्य पाटोबाट अनुसन्धान जारी राखेका छौं ।’

Karaiya Mai Notice Winter

खनाललाई नियन्त्रणमा लिएर सोधपुछ गरिए पनि अन्य सबुत नभेटिएपछि साधारण तारेखमा छाडिएको थियो भने घरबाट बरामद दुई थान हतियार र ५० राउण्ड गोली परीक्षणका लागि पठाइएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकृतसमक्ष बयान दिने क्रममा पनि खनालले आफ्नो हतियारबाट गोली नचलेको दाबी गरेका थिए ।

सोमबार साँझ शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा एक्कासी सिसा फुटेपछि हेर्दा २।२ एमएमको गोली भेटिएको थियो । घटना दूर्घटनावश भएको हुनसक्ने अनुसन्धान अधिकृतले आशंका गर्दै आएका थिए ।

तर, गोली कसले र कहाँबाट चलाएको थियो भन्ने अझै खुल्न सकेको छैन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश