CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

कार्यालय खुल्यो कर्मचारी बाटोमै सेवाग्राही वेटिङ्गमा ।

कार्यालय खुल्यो कर्मचारी बाटोमै सर्वसाधारण वेटिङ्गमा ।

फेटा GP PSA
753
सिम्रौन्गढ़ नपा psa

कार्यालय खुल्यो कर्मचारी बाटोमै सेवाग्राही  वेटिङ्गमा ।

Karaiya Mai Notice Winter

अारएन साह ।रौतहट। साउन १६। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको मालपोत कार्यालयमा अफिस आवर कर्मचारी नहुदा दिनहुँ धेरै जसो सर्वसाधारणले दुख भोगिरहेका छन्। गाउँ गाउँबाट पैदल यात्रा गरेर जमिनको मोही कट्टा गराउन तथा नामसारी गराउन अाएका सर्वसाधारणहरु कार्यालय समयमा कर्मचारी नअाउँदा दुख भोगिरहेका सर्वसाधारणले जनाएका छन्। अाफु पहिलै जाँदा काम पहिलै हुने मन्सायले अाएका सर्वसाधारणले कर्मचारी समयमा नअाउँदा धेरै पीडा भएको सर्वसाधारणले जनाएका छन्। जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट मालपोत सम्बन्धित काम विशेषले आएका सयौं जनताहरु कर्मचारीको लापरबाहीले गर्दा सानोतिनो कामले दिनभरी बसी घर फर्कने गरेका छन् । गरिब तथा बिपन्न परिवारका ब्यक्तिहरुले रोजको काम छोडी
एउटा कामको प्रत्येक दिन लगभग रु ५०० को हाराहारी पैसा खर्च गरि हप्तौं दिन सम्म कार्यालयको चक्कर काटी कर्मचारी अगाडि टाउको झुकाई घर फर्किने गरेका छन् ।
कार्यालयको शाखामा कम्पयूटरले कामकाज सुरु हुँदा पनि सेवाग्राहीहरुलाई सास्ती भएका छन्। पहिला हातले लेख्ने कर्मचारी अहिले कम्पयूटरबाट छिटोछरितो रुपमा डाटा इन्ट्री गर्न नसक्दा कार्य प्रणालीमा समेत ढिलो भएको एक सेवाग्राहीले बताए छन्।
५ मिनेटको लागि पिशाव फेर्न जादा घण्टौ सम्म कार्यालय कामका लागि कुर्नु पर्ने सर्वसाधारणले जनाएका छन्। काम अबरुद्ध पर्न बेलाबेलामा मिटिङ्गको बहाना बनाएर धेरै समय अनुपस्थित दुँदा घण्टौ कार्यालयको झ्यालमा कुरी बेलुकी घर फर्किने गरेका छन्।
कार्यालय प्रमुख #सिताराम_थापा विगत २ हप्ता देखि जनताको दर्जनौं कामका फाईलहरु जहाको त्यही राखी व्यक्तिगत कामकाजको लागि काठमाडौमा बसेका छन् । भने कर्मचारीहरु समयमा नअाउँदा सेवाग्राहीको काममा ढिलासुस्ती गरी भएको देखिएका छन्।

Baiju sah