CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

योजना तर्जुमा खुल्ला रुपमा नगरेको बिरोधमा वडा कार्यालयमा तालाबन्दी 

वडाअध्यक्ष यादवले प्रहरी लगाएर फुटायो ताल्चा

फेटा GP PSA
989
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव बारा  । 

सुवर्ण गाँउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दोलेन्द्र प्रसाद यादवले वडाको बजेट पार्दरशिता एवम योजना तर्जुमा खुल्ला रुपमा नगरेको बिरोधमा स्थानियहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । श्रावन १३ गते तालाबन्दी गरेका थिए । दुई बर्ष बिति सक्दा समेत परिषद खुल्ला रुपमा नगरी कोठे परिषद गरी आफनो मनोमानी रुपमा वडाअध्यक्षले कामकाज गर्ने गरेको र आफुहरु वडाले गरेको कामका बारेमा जानकारी माग गर्दा दिनमा आलटाल गर्ने गरेको हुदा बाध्य भएर तालाबन्दी गरेको स्थानिय बिजय यादवले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वडा कार्यालयवाट बितरण गरिएको स्प्रेय टंकी, मोटर, डिलेभरी पाईप, कृषिचुन, धानको विउ, कुखुराका चल्लाहरु समेत एकपक्षीय रुपमा बितरण गरेको नेपाली काँग्रेसबाट वडाअध्यक्षका प्रत्यासी उम्मेदवार स्थानिय झकर यादवले आरोप लगाउनुभयो । वडाअध्यक्ष यादवलाई सूचनाको प्रयोग गरि श्रावन १३ गते सूचना माँग गर्दा समेत अहिले सम्म वडाले गरेको कामकाजको लेखाजोखाको माँग गर्दा समेत नदिएको स्थानियहरुको आरोप रहेको छ ।

Karaiya Mai Notice Winter

तालाबन्दीका कारण सर्व सधारणको कामकाजमा प्रभावित भईरहेको छ भने आफनो आसेपासेकाहरुलाई वडाअध्यक्षले आफनो घरबाट कामकाज गर्ने गरेको एमालेका वडा सदस्यका प्रत्यासी उम्म्ेदवार रहेका मोतीलाल यादवले आरोप लगाउनुभयो । त्यति मात्र होईन वडा नम्बर ४ का कामकाज वडा नम्बर ५ औरैया स्कुलबाट गर्ने गरेको आरोप पनि वडाअध्यक्ष यादव माथि उतिकै रहेको छ ।

हावा हुरीमा प्रभावित भएका सरल प्रसाद यादव, छोटेलाल प्रसाद यादव, महन महरा , लंगटु महरा लगायतको घरमा क्षति पुगेपनि वडाअध्यक्षले उनीको नाम पिडितमा नराखी पुर्वाग्राही रुपमा अंसिक क्षति भएका वडा सदस्य समेत रहेका जटहा प्रसाद यादव,वद्र्धी प्रसाद यादव, जयशंकर यादव र बिन्देश्वरी यादव एक्का सगोल परिवार रहेपनि उनहिरुको घर भत्केको सिफारिस गरी क्षति उपलबध वडाअध्यक्ष यादवले गराएको स्थानिय राकेश यादवको आरोप रहेको छ ।

वडाअध्यक्ष दोलेन्द्र र वडासचिव गगनदेव यादव कार्यालयमा नआएको करिब २० दिन भन्दा बढी भयो जसका कारण नागरिकलाई निकै सास्ती भईरहेको राजपा नेपालको तर्फबाट वडा सदस्यका प्रत्यासी उम्मेदवार गेनालाल यादवले भन्नुभयो । तालाबन्दी बिजय यादव, राकेश यादव, केदार यादव, गेनालाल यादव, मोतिलाल यादव,असर्फी यादव, जलन्दर प्रसाद यादव, कुरताली प्रसाद यादव, झकर प्रसाद यादव लगायतका करिब ३ दर्जन भन्दा बढीको सहभागितामा तालाबन्दी भएको थियो ।

टंकी ३० जनाका लागि आएको र वडामा करिब ५ सय घरधुरी रहेकोमा जनताको असन्तुष्टि स्वभाविक रहेपनि त्यसैको निहुमा तालाबन्दी गर्नु जायज नभएको वडाअध्यक्ष यादवले भन्न्ुभयो । विहिवार नै प्रहरीको रोहवरमा ताला फुटाएको बताउदै सेवा वडा कार्यालयवाट नै सुचारु गर्ने वडाअध्यक्षले प्रतिक्रिया दिनुभयो । गाँउ समाजमा पहल नगरी प्रहरी प्रशासनको सहयोगमा ताला फुटाएकोमा स्थानियहरु अझै रुष्ट बनेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश