CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुन्जय राउतमाथि आक्रमण गरेको खुलासा

फेटा GP PSA
1,512
सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ।।

समाजवादी पार्टीका नेता नविन यादबले हस्पिटल तथा मेडिकल माफियाले समाजसेवी मुन्जय राउतमाथि आक्रमण गरेको खुलासा गरेको छ । उनले आक्रमणको भत्र्सना गर्दै जारी गरेको विज्ञप्तीमा यस्तो खुलासा गरेका हुन् । घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै जारी गरिएको विज्ञप्तीमा राउतमाथि हस्पिटल तथा मेडिकल माफियाबाट बदनियतपूर्ण आक्रमण भएको उल्लेख गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आक्रमणकारीलाई पत्ता लगाएर कानूनी कारबाही गर्न र जनताको ज्यूधनको सुरक्षा गर्न सम्बन्धित निकायसँग उनले विज्ञप्तीमार्फत जोडदार माग समेत गरेका छन् । राउतमाथि मंगलवार साँझ जनकपुरको वकिल टोलमा छुरा प्रहार भएको थियो । हाल राउत उपचार गराइरहेका छन् । राउतले केहिदिन अगाडी आस्था अस्पतालले एक विरामीलाई ठग्ने प्रयास गर्दा जोगाएका थिए । सोही कारण आक्रमण भएको हुन सक्ने नेता यादबले जारी गरेको विज्ञप्तीमा शंकेत गरिएको छ ।

Karaiya Mai Notice Winter

हेर्नुस् प्रेस–विज्ञप्ती जनकपुर उपमहानगरपालिका १ वकिल टोलमा मंगलवार साँझ यूवा तथा समाजसेवी मुन्जय राउतमाथि हस्पिटल तथा मेडिकल माफियाबाट बदनियतपूर्ण आक्रमण भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाप्रति म व्यक्तिगत तथा समाजवादी पार्टी नेपालको तर्फबाट घोर भत्र्सना गर्दछु । आक्रमणबाट घाइते राउतको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । देशमा कानून छ भन्ने आभाष सम्पूर्ण जनताको मानस पटलमा महसुस गराउने कतव्र्य प्रशासन र सरकारको हो ।

तसर्थ घटनामा संलग्न अपराधिलाई अविलम्ब पक्राउ गरी कानून बमोजिम कारबाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछु । साथै जनताको जिउधनको सुरक्षा चुस्त दुरुस्त पार्न पनि जिम्मेवार निकायसँग विशेष आग्रह गर्दछु । समाजका लागि माफियाविरुद्ध लागेपछि यसरी निर्ममता पूर्वक घटना घटाएको मेरो ठहर छ । यसतर्फ प्रशासन गम्भिर हुन जरुरी देखिन्छ ।

साथै माफिया र भ्रष्टाचार विरुद्ध यूवाहरुलाई गोलबन्द हुन आह्वान गर्दछु । अपराधीले जस्तो सुकै कदम चालेपनि मुन्जय राउत जस्ता यूवाहरुको मनोवल घट्ने छैन । गलत कार्य विरुद्ध आवाज उठाउँदा आक्रमणमा उत्रने अपराधीलाई कानूनी कारबाहीको दायरामा नल्याए कडा आन्दोलनमा उत्रने समेत यसै विज्ञप्ती मार्फत चेतावनी दिन चाहन्छु । नविन यादब, नेता समाजवादी पार्टी नेपाल

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश