CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अनुसन्धान पछि शंकास्पद सवारीसाधनलाई भन्सार चलान।

अनुसन्धान पछि शंकास्पद सवारीसाधनलाई भन्सार चलान।

फेटा GP PSA
630
सिम्रौन्गढ़ नपा psa

अनुसन्धान पछि शंकास्पद सवारीसाधनलाई भन्सार चलान।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट। साउन १७। जिल्ला प्रहरी कार्यालय रौतहटले भारी मात्रामा शंकास्पद सवारीसाधनलाई गौर भन्सार कार्यालय पढाएका छन्। केही महिला पहिला सुरु गरेको सवारीसाधन चेकजाँचमा पक्राउ भएको सवारीसाधनलाई अनुसन्धान पछि भन्सार कार्यालयमा पठाएका छन्। चेकजाँच गर्ने क्रममा १ थान एसकार्पियो १ थान पिकप र विभिन्न कम्पनीका मोटरसाइकल समेत २२ लाख बराबरको सवारीसाधन भन्सार कार्यालय पठाएका छन्। जिल्लामा पहिलाको दिनमा अपराधीक कृयाकलाप बढेपछि प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा रौतहटको विभिन्न ठाउँमा सवारीसाधन चेकजाँच सुरु गरेको थियो। सोही क्रममा शंकास्पद सवारीसाधन पक्राउ परेको प्रहरी निरीक्षक नायकले जनाएका छन्। विभिन्न घटनाक्रम पक्राउ परेका सवारीसाधन अनुसन्धान पछि अावश्यक कार्वाहीको लागि भन्सार कार्यालय पठाईएको छ। भने भन्सार कार्यालय थुपारिएको सवारीसाधन समयमै लिलामी नहुँदा करोडौंको राजश्व खेर गईरहेका छन्। लगभग १ दर्जन चार चक्का र १० दर्जन भन्दा बढी विभिन्न कम्पनीका मोटरसाइकल लिलामको पर्खाइमा रहदा पनि अहिले सम्म लिलाम हुन सकेका छैनन् र सोही सवारीसाधन पछि कुहिएर जाँदा किल्लोको भाउमा लिलाम गर्ने गौर भन्सार कार्यालयको चलनचल्ती रहेको एक स्थानीयले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश