CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हत्या काण्डका यादब जेलबाट बाहिरिए

फेटा GP PSA
1,087
सिम्रौन्गढ़ नपा psa

जनकपुरका संचार उद्यमी अरुण सिंघानीय हत्या घटनामा सजाय पाएका रामविनोद यादब जेलबाट बाहिरिएका छन् ।

जिल्ला अदालत धनुषाले यादबलाई तीन वर्षको जेलको फैसला सुनाएको थियो । सजाय काटेर यादब आज राजविराज कारागारबाट बाहिरिएका हुन् । जेलबाट बाहिरिएपछि उनका समर्थकहरुले भव्य स्वागत गरेका छन् । जेलबाट बाहिरिने खबर पाएपछि समाजवादी पार्टीका नेता नविन यादबसहितका सयौं व्यक्तिले यादबलाई स्वागत गर्न राजविराज पुगेका थिए । नेता यादबले जेलमुक्त भएलगत्तै भव्य स्वागत गरिएको बताए । उनले जेलबाट निस्केपछि यादब सिधा कंकालिनी मन्दिर पुगेर पूजापाठ गरेको पनि जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सँचार व्यवसायी सिंघानीयाको २०६६ फागुन १७ गते गोली हानी जनकपुरको शिवचोकमा हत्या भएको थियो । उक्त घटनाका मुख्य योजनाकार पूर्व मन्त्री तथा साँसद संजय साह रहेको भन्दै जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला केहि महिना अगाडी मात्र सुनाएको छ ।

सिंघानियाकै हत्यामा अन्य आधा दर्जन व्यक्ति पनि अदालतबाट सजाय पाएका छन् । केहि व्यक्ति भने घटनामा मुछिएपनि सफाइ पाएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश