CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

फेटा GP PSA
572
सिम्रौन्गढ़ नपा psa

काठमाडौं— सत्तारुढ नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बिहान राजीनामा बुझाएका हुन्।

प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको भन्दै राजीनामा दिएको साहका प्रेस संयोजक निभेष कुमारले जानकारी दिएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेकपाले गतसाल असोज ५ गते सातै प्रदेशका प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको थियो। प्रदेश २ मा तत्कालीन माओवादी केन्द्रले अध्यक्ष पाउने सहमतिअनुसार साहलाई अध्यक्ष दिइएको थियो।

Karaiya Mai Notice Winter

दुई महिनापछि मंसिर १७ मा प्रदेशका सदस्यहरू तोकिँदा आफूसँग सल्लाह नगरिएकोमा साहले असन्तुष्टि जनाउँदै आएका थिए। आफू प्रदेशको अध्यक्ष हुँदाहुँदै सल्लाह नै नगरी सचिवालयबाट सदस्यहरू तोकिएपछि उनले असहयोग र घेराबन्दी भएको बताउँदै आएका थिए।

वरिष्ठ नेता माधव नेपालले पनि सदस्यहरू तोकिएको विषयमा असन्तुष्टि जनाउँदै आएका थिए। जसका कारण कतिपय जिल्ला कमिटीमा सपथग्रहण समेत रोकिएको थियो। नेपालको मुख्य असन्तुष्टि धनुषा र रौतहटमा थियो। बारा र पर्साबाहेक अरु जिल्लामा सपथ हुन सकेको छैन।

नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण समेत विवादका कारण रोकिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गर्न गएका बेला साउन २६ गते अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र साहबीच प्रचण्ड निवास खुमलटारमा छलफल समेत भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश