

उषा सरदार
भाद्र ४ बिराटनगर
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक एवं कर्मचारी संघले बाहिरबाट उपकुलपति र रजिस्ट्रार पदमा चलखेलमा बहाल गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटो बिचलन हुँदै गएको आरोप लगाएका छन।
हामीले हाम्रो विश्वविद्यालयको नेतृत्व गर्न पाउनुपर्ने प्राध्यापक र कर्मचारीहरुको माग रहेको छ। पू. बि. कार्मचारी संघ केन्द्रिय समिति र पू.बि.प्राध्यापक संघ केन्द्रिय समितिको संयुक्त आयोजनामा आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै येस्तो जानकारी गराइएको हो।पूर्वाञ्चल विश्वविद्यालयको दीर्घकालीन बिकास र स्थायित्वका लागि विश्वविद्यालयको नेतृत्वको जिम्मेवारी र उत्तरदायीत्व महत्त्वपूर्ण हुने भएकोले विश्वविद्यालयमा कार्यरत वरिष्ठ प्राध्यापकहरु मध्यबाटै नेतृत्व छानिनु पर्ने माग गरेको छ।
पू. बि. को २५ ओ बर्ष पूरा भइ सके पनि अहिलेसम्म आन्तरिक नेतृत्वको जिम्मेवारी नपाउनुको कारण राजनीतिक भागबण्डा हरेको कार्मचारी संघका सभापति राज कुमार सापकोटाले बताउनु भयो।उहाँले राजनीतिक भागबण्डाका आधारमा पू. बि. बाहिरबाट नियुक्ति भएर आउने पदाधिकारीहरु विश्वविद्यालयको प्राग्यीक उन्न्यन र शैक्षिक , भौतिक बिकास भन्दा पनि आफुलाई उक्त पदमा पुर्याउने राजनितिक दल र विभिन्न तहको नेतृत्वप्रती बढी उत्तरदायी हुने गरेको दाबी गर्नु भएको छ।
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. सन्देशदास श्रेष्ठले बाहिरबाट नियुक्ति भएर आएका पदाधिकारीलाई छ महिना त विश्वविद्यालयलाई बुझन नै लाग्ने गरेकोले जो त्यो ठाउँको छ उहाँले मात्र त्यो ठाउँको मर्म र आवश्यकता बुझेको हुनाले पू. बि.का प्राध्यापकहरु मध्येबाटै विश्वविद्यालय संचालनको नेतृत्व दिनुपर्ने माग गरेको हो।उपकुलपतिको कार्यकाल सकिनै लागेको अबस्थामा येस्तो माग गरेको हो। श्रेष्ठले सक्षम भएर आए पनि उनिहरु यहाँ आएर साक्षमता देखाउन नसकेका कारण र सहि दिशानिर्देश गर्न नसकेकोले र आर्थिक लोभमा केन्द्रित हुने भएकोले पू. बि. बेला बेला बिवादित हुँदै आइरहेको बताउनु भयो।
प्राध्यापक संघका पुर्ब सभापति दिनेशराज सुवेदीले पदाधिकारीहरु आर्थिक लेनदेनबाट नियुक्ति भएर आएपछि बुझाएर आएको रकम भन्दा बढी उठाउने चलखेलमा पदाधिकारीहरु भुलने गरेको आरोप लगाएको छ। सुवेदीले अब विश्वविद्यालयबाट पुरानो शैलिको धारणा हटाई आधुनिक पाराले संचालन गर्नु पर्ने बताउनु भयो।
कर्मचारी संघका पुर्व सभापति लक्ष्मण ज्ञलालले हामी आफ्नो सक्षमताको प्रमाण दिन पू. विश्वविद्यालय मात्र नभई त्रि. बि. र लुम्बिनी विश्वविद्यालय संचालनको पनि नेतृत्व लिन सक्ने बताउनु भयो।
हाम्रो माग बिपरित पू. बि. भन्दा बाहिरबाट पदाधिकारी नियुक्ति गरिएको अवस्थामा उत्पन्न हुने विषम परिस्थितिको सृजना भए त्यसको जिम्मेवार सम्बन्धित निकाय स्वयम् हुने बिज्ञप्तिमा उल्लेख रहेको छ।
