CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कांग्रेस र नेकपाका दर्जनौ कार्यकता समाजवादी पार्टीमा प्रवेश

फेटा GP PSA
550
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,भदौ ५— नेपाली कांग्रेस र नेपाल कम्यनिष्ट पार्टीका दर्जनौ कार्यकताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।नेपाल कम्यनिष्ट पार्टीका वीरगन्ज महानगरपालिका वडा नम्बर ३१वडा समितिका अध्यक्ष प्रेम बहादुर अर्याल लगायत बेलवा,मिलन चौकका दर्जनौ व्यक्तिहरु समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

माजवादी पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता एवम सांसद प्रदिप यादवले  प्रवेश गर्ने सबै व्यक्तिहरुलाई फुलमाला तथा अबिर लगाएर पर्टिमा प्रवेश गराउनु  भएको थियो ।नेपाली कांग्रेसका कमरुदिन अंसारी, नाजिर मिया,सफिक चुडिहार,शेख सदाम,शेख नसिम त्यसैगरि नेकपा पर्सौनी गाउ कमिटिका रसुल आजम फैयाज अंसारी,रहमत अंसारी ,फिरोज अंसारी,सहदेवा माझी ब्रहम्देवा माझी लगाय तिन दर्जन कार्यकताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि सांसद प्रदिप यादवले अबको बैकल्पिक राजनैतिक शक्ति समाजवादी पार्टी नै हुने दाबी गर्नुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सांसद यादवले मुलुकमा  मधेस आन्दोलन को मुख्य उपलब्धिको रुपमा रहेको संघीयतालाई समाप्त पार्ने खेलमा कम्युनिस्ट सरकार लागेको आरोप समेत लगाउनु भयो ।नेता यादवले देशको सबिधानमा आरक्षण लागु भएपनि सरकारको  बदनियत पुर्ण रवैयाले मधेसी, जनजाती लगायत पिछिडावर्गको आरक्षण लाई समाप्त पार्ने गरी सबिधानको मर्म विपरीत लोकसेवा आयोगले विज्ञपन प्रकाशित गरेकोमा बिरोध गर्नुभएको थियो ।उहाले  चौतर्फि रुपमा ओलीको बिरोध भई रहंदा पनि बिकासको सट्टा नेकपाका मन्त्रीहरु कमिशनको खेलमा लिन रहेको आरोप लगाउनु  भयो ।सांसद यादवले बाढीका कारण डुवानमा पर्ने बेलवा, लालपर्सा, प्रसोतिपुर , ईस्लामपुर लगायतका गाँउक्षेत्रलाई जोगाउन भेडहा खोलाबाट गीटीबालुवा निकासीमा रोक लागाउनु पर्ने आवश्यकता रहेको बताउनु  भएको थियो ।

पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष रामनरेश यादव,पुर्व बरिष्ट उपाध्यक्ष सुन्दर कुर्मि लगायतका नेताहरुले पार्टीमा प्रवेश गर्नु कार्यकर्ताहरुलाई शुभकामना व्यक्त गर्दै उत्तरोतर प्रगतिको कामना गर्नुभएको थियो । ।समाजवादी पार्टीका वडा इकाइ समितीका अध्यक्ष सुलेमान अंसारीको  अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवशे कार्यक्रममा नगर अध्यक्ष इश्वर यादव,तबरेज अहमद लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश