CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

मुनपाका मेयर सापकोटा सहित ३ जना जनप्रतिनिधिहरु जापान भ्रमणमा

मुनपाका मेयर सापकोटा सहित ३ जना जनप्रतिनिधिहरु जापान भ्रमणमा

Pheta Chhath Shubhakamana
446
Bara Gadhi Notice winter

चिरञ्जीवी मरासिनी
गुल्मी ६ भदौ ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहित ३ जना जापान भ्रमणमा निस्केका छन् । नगरप्रमुख सापकोटा सहित वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्ले, र वडा नम्बर ८ का अध्यक्ष नारायण सापकोटा जापान भ्रमणमा निस्केका हुन् ।उनीहरुको आज दिउँसो २ बजे जापानको लागि फ्लाइट रहेको छ ।

वामी सेवा समिति जापान, अर्लाङ्कोट सेवा समिति लगायतका बिभिन्न प्रवासी नेपालीहरु संलग्न रहेका संस्थाहरुको निमन्त्रणमा जनप्रतिनिधिहरु बिदेश भ्रमणमा निस्केका हुन् ।

Karaiya Mai Notice Winter

मुसिकोट नगरपालिका घर भइ जापानमा कार्यरत मुसिकोट बासीहरु सँग अन्तरक्रिर्या गर्ने र उनीहरुको लगानी गाँउमै राख्ने बिषयमा भ्रमणको अवसरमा छलफल गरिने नगरप्रमुख सापकोटाले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

उनका अनुसार आउने भदौ १० गते (२७ तारीख) मा जापानमा बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम राखीएको छ । भ्रमण १५ दिने रहने बताइएको छ ।

भ्रमणको खर्च प्रवासी नेपालीहरुले व्यवस्था गर्ने नगरप्रमुख सापकोटाले बताए । ‘यसमा नगरपालिकाको कुनै खर्च छैन’ उनले भने ।

Baiju sah