CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

दुरगंधित बन्दैगरेकोले कलैयाको आर्कै उपनाम

Pheta Chhath Shubhakamana
676
Bara Gadhi Notice winter

प्रभु यादव, बारा ।।

बारा जिल्लाको सदरमुकाम कलैया हालको अवस्थामा आर्कै उपनाम बाट प्रचलित हुन सुरु भएको छ। स्थानीय, बुद्धिजीवी, समाज सेवी लगायतकाले भरत चौकमा घण्टा घर अगाडीको सार्वजनिक शौचालयको व्यवस्थापन हुन नसकेको गुणासो गर्ने गरेका छन।

देश भरी खुल्ला दिशा मुक्त अभियान चलिरहेका बेला सदरमुकाम कलैया उप-महानगरपालिकाको मुटुमा रहेको भरतचैक हाल दुरगंधित बनेको छ । स्थानिय सरकारको निगरानीमा रहेको भरतचौकमा रहेको एक मात्र सार्वजनिक शैचालयको हालत र वरिपरिपीको वाताबरण दुरगंधित बनेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

Karaiya Mai Notice Winter

शौचालयको सरसफाई नहुदा शौचालयमा जाने ब्यक्तिले नाकमुख थुनेर पेशाब फेर्न जाने बाध्य भएका छन् । सरसफाईको नाममा वार्षिक लाखौ रुपैया खर्च गरेको उपमहानगरपालिले मुख्य चौकलाई ध्यान नदिनु भनेको कलैया बासीको लागि मात्र नभई नगरमा आउने सम्पुर्ण आगन्तुक कै लागि दुखको कुरा भएको नेकपाका जिल्ला सदस्य तथा स्थानिय युवा नेता मुकेश साहले बताएका हुन ।

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनका लागि लामो समय सम्म त्यही चौकमा टेन्ट हालेर ब्यपारी, स्थानिय, तथा राजनितक कर्मी समेतले आन्दोलन गरेर उपमहानगर पालिकामा परिणत गराउन सफल रहेको भएपनि एक शौचालय लाई सफासुघर राख्न नसकने स्थानिय सरकार संग जनताले के आशा गर्ने भन्ने प्रश्न चौकको चिया पसलहरुमा उठन थालेको छ ।

यसरी चौकको शौचालयको दुरगंधले चौक वरिपरि संचालनमा रहेको फुटपासे पसलको खानेकुरा खादा रोगलाई निम्तयाउने चिकित्सकहरुको भनाई रहेको छ। जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषण गराउन कमरकसेर लागेका जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, युनिसेफ तथा गैर सरकारी संस्थादेखि लिएर जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय समेत लागि परेको देखिन्छ।

यस्तै चाड पर्वको बेलामा सम्बन्धित निकनयले मठ मन्दिरमा गएर सरसफाईको नाममा सेल्फी फोटो खिचाउनुका साथै पत्र पत्रिका तथा टेलिभिजन समाचार समेतमा नामकमाएको देखिन्छ तर यी समपुर्ण सकोकार वालाहरुको ध्यान कलैयाको मुख्य चौकमा नजानु सरसफाइृको नाममा बालुवामा पानी खन्याएको सरह भएको बुझिदै छ।

यस्तै दिनप्रतिदिन दुर्गन्धित हुँदै गइरहेको हुनाले चियापसल तथा विभिन्न प्रकारका फुटपाथका पसलेहरुले नगर को सट्टामा नरक भनेर नगरको नामनै परिवर्तन गर्दै “कलैया उप-महानरकपालिका” भन्ने गरेको युवा नेता साहले बताए ।

Baiju sah