विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीका पहिरो पीडितलाई अमेरिकाको टेक्सासबाट सहयोग

गुल्मीका पहिरो पीडितलाई अमेरिकाको टेक्सासबाट सहयोग

सिम्रौन्गढ़ नपा psa

चिरञ्जीवी मरासिनी
गुल्मी, भदौ ०७।
जिल्लाका पहिरो पीडितहरुलाई गुल्मी समाज ह्युस्टन, टेक्सास, अमेरिकाले आर्थिक सहयोग गरेको छ । समाजले सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक, सोही गाउँपालिका वडा नं ४ लिम्घा र कालीगण्डकी गाउँपालिकाको भुर्तुङ्गका पहिरो पीडितहरुलाई ५ लाख ३० हजार ३ सय २७ रुपैंया आर्थिक सहयोग गरेको हो । समाजका कोषाध्यक्ष विश्व श्रेष्ठले गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले मृतकका सबै परिवारलाई प्रति परिवार २५ हजारका दरले समेत रकम हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण गर्दै समाजका कोषाध्यक्ष श्रेष्ठले दुःखमा परेकाहरुलाई केही भए पनि राहत मिलोस् भनि सहयोग गरेको बताए । उनले यो रकम वास्तविक पीडित सम्म पु¥याईदिन गाउँपालिका अध्यक्षलाई आग्रह गरे । कोषाध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि थप सहयोग गर्ने बताए । नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सहयोगका लागि गुल्मी समाज ह्युस्टन, टेक्सास, अमेरिकालाई धन्यवाद दिंदै पीडितको उद्वारका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वय गरी स्थायी बसोवासको व्यवस्था गर्न आग्रह गरे ।
गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले गुल्मी समाजलाई दुख प्रति देखाएको सहानुभूतिको प्रसंशा गर्दै धन्यवाद दिए । कार्यक्रममा सोही गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, मृतक परिवरका सदस्यहरु तथा अन्य सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed