वीरगन्ज,८ भदौं – सरकारले नेपाललाई लोड सेडिङ्ग मुक्त भनेर घोषणा गरेको दुई बर्ष भन्दा बढी भईसकेको छ । तर वीरगन्जमा अवस्थ अहिले पनि फेरिएको छैन् । वीरगन्जवासी प्रचण्ड गर्मीमा पटक पटक लाई कटेर हैरान तथा वाक दिक्क छन् । प्रविधिक समस्या भन्दै वीरगन्ज वितरण केन्द्रले पटक पटक गरी २४ घण्टामा दर्जनौ पटक लाईन काटने गरेको छ ।
विधुत प्राधिकरण वीरगन्ज विरतण केन्द्रका प्रमुख मुनेन्द्र ठाकुर पनि गफाडी हुदै गएको वीरगन्जवासीको आरोप छ ।
समस्या प्राधिकणकै कर्मचारीहरुको रहेको भए पनि ठाकुर पछिन्दै आएका छन् । प्रमुख ठाकुरसँग जहिले बुझदा पनि १५ दिन भित्रमा समस्या समाधान हुने दावी गर्दछन् । तर त्यो ५ दिन कहिले देखि शुरु हुने हो थाह छैन् । वीरगंजमा क्षमता भन्दा बढी विद्युतको माग भएको र ओभरलोड हुँदा ट्रान्सफर्मरले धान्न नसक्दा पटक पटक लाईन जाने गरेको उनी बताउँछन् ।
ठाकुरले हाल वीरगंज नगर क्षेत्र भित्र २२ वटा ट्रान्सफर्मर थप्ने काम भई रहेको बताउदै १७ वटाको काम सकिएको र ५ वटा ट्रान्सफर्मर जडानको काम बाँकी रहेको वताएको पनि महिनौ भइसक्यो । तर पनि समस्या उस्तै छ । विधुत प्राधिकरण वीरगन्ज केन्द्रमा कम्पलेन गर्न जादा ठाकुरले खाली बिभन्न कम्पनीहरुको डाटा देखाएर यहि पैसा कलेक्शन गरेको उति कलेक्शन गरी रहेको वक्यौता उठाइरहेको गफ दिने गरेको छन् ।
तर काम भने जिरो रहेको छ । प्राधिकरणकै कर्मचारीहरुका अनुसार समस्या हाकिममै रहेको वताइएको छ । विना कारण कहिले काहिले काही त पछिल्लो समयमा वीरगन्जमा रातभरी लाईन जानेको गरेको छ । गएकको केहि दिन अगाडी पुरै वीरगन्ज सिटीको लाईन सपलाई रातभरीको लागि कम गरिएको थियो ।
लाईन नहुदा मानिस दैनिक जिवनमा निकै कठनाई हुने गरेको तथा गर्मीमा वृद्ध,वालवालिका तथा गर्भवती महिलाहरुलाई वढी समस्या हुने गरेको छ । प्राधिकरणको रवैयाका कारण वीरगन्जका केहि उद्योगहरुले आफै हाईड्रोपालान्टबाट विद्युत उत्पाद शुरु गरी रहेको छ ।