CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हावाहुरी पिडितका लागि स्थानीय सरकार लाचार, म.ज.बि.स. द्वारा प्रेस विज्ञप्ति

फेटा GP PSA
657
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

मधेश जान बिद्रोह समिति द्वारा आज बाराको सदरमुकाम कलैयाको देवकिलाल धर्म शालामा पत्रकार समेलानको आयोजना गरि  हावाहुरी पिडित हरुको समस्यामा स्थानीय सरकारको भूमिका जातिबाद, नाताबाद, तथा कृपाबादमा मात्र सिमित रहेकोले वास्तविक पिडितहरु उपेक्षित रहेकोमा मधेश जन बिद्रोह समतिले प्रेश विज्ञप्ति जारि गर्दै उनीहरुको समस्याको समाधानका लागि  जोरदार मांग गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वाडा अध्यक्ष र प्रमुख जिल्ला अधिकारिको मिलोमतोमा वास्तविक हावाहुरी पिडित उपेक्षित रहेको मधेश जनविद्रोह समितिका के.स. अजय पटेलले आरोप लगाएका छन् । मधेश लाई नै सयकडौ वर्ष देखि बिभिन्न काल खण्डका बाधा ब्यवधान खेपदै आएका तथा पछाडि परेका समुदायलाई आज एकाइसौ सताबदीमा पनि पिडित माथिनै शोषन शासन राणा कालकै शैलिमा गरिरहेको उलेख गर्दै आरोप लगाएका छन् । 

Karaiya Mai Notice Winter

आफु बिधाता बुझने नेताहरुले संघिय लोक्तान्त्रिक गणतन्त्रको बाहानामा लुट तन्त्र मचाई रहेको र पिडितहरुको पिडा कसैले नबुझि आ–आफनो स्वार्थमा लिप्त रहि सोझा साझा गरिब तथा दिन दुःखीहरुलाई बिभिन्न बाहानामा बली चढाउने गरेको तर ती अस्हाय जन्ता संग प्राकृतिक बिपदा आइ पर्दा झन उनिहरुलाई उपेक्षित गर्दै आफनो जिवनको रोटि सेक्नका लागि आसे पासे तथा आ-आफना नेता कार्यकर्ताहरुको घर बनाउन लगाएर वास्तविक हावाहुरी (टोनार्डो) पिडितलाई कुनै वास्ता नगरि बेवास्ता गर्दै पिडाको बिच मझदारमा छोडि मस्त निद्रामा कुम्भकरणको राक्षशी गुणको संज्ञा दिई रहेकोमा हाम्रो गम्भिर ध्यान आकर्षन भएको विज्ञप्तिमा उलेख गरेका छन् ।

फेटा गाउअपालिका वाडा न. १ भरवलिया बस्ने ब्रिजित राउत कुर्मीको छोरा नन्दलाल पटेल हावाहुरी बाट घरमा च्यापिएर मृत्यु  भएका तथा जितेन्द्र राउत कुर्मी लगायत सयौको संखयामा पिडितहरु लाइ उपेक्षित गरि आफु बिधाता बुझने नेताहरुले संघिय लोक्तान्त्रिक गणतन्त्रको बाहानामा लुट तन्त्र मचाई रहेको प्रस्ट पारेको पिडितहरुले आरोप लगाएका छन् । त्यस्तै बारा तथा पर्सा का बिभिन्न पालिकाका करिब १००० औ जना उपेक्षित रहेको पिडितहरुको भाई रहेको छ । 

वास्तबिक हावाहुरी (टोनार्डो) पिडितहरुलाई पहिचान गरि उनिहरुको उचित ब्यवस्थापन गर्न लाई यथासिग्र मध्य नजर गरि समय मै समस्याको सामाधान गर्न जोरदार माग गरेका छन् । आउदो दिनमा समस्याको समाधान समयमै नभए चरण बद्ध आन्दोलन गर्ने चेतावनी समेत दिदै सचेत गरेका छन् ।

कार्यक्रममा मधेस जन बिद्रोह समितिका गणेश जी, हनुमान प्रशाद कुर्मी, राजेश पाल, शिवशंकर पटेल लगायतका सहभागिता रहेको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश