CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

दाेस्राे भक्तपुर फुटसल गाेल कप-२०१९ हुने

Pheta Chhath Shubhakamana
771
Bara Gadhi Notice winter

भक्तपुर ।।

भक्तपुर, We Can (हामी सक्छौं ) भन्ने मुल नाराका साथ युवाका साथ साथ अावाज नेपालकाे अायाेजना, सुर्यविनायक र चाँगुनारायण नगरपालिको सहयाेगमा र विभिन्न ग‌ैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुकाे सहकार्यमा दाेस्राे भक्तपुर जिल्ला व्यापी यु-१६ अन्तरविद्यालय फुटसल गाेल कप-२०१९ भाद्र २३,२४ र २५ गते सञ्चालन हुने संस्थाका सचिव श्रीकृष्ण थापाले बताउनु भएकाे छ।

Karaiya Mai Notice Winter

फुटसल प्रतियोगिता कार्यक्रममा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुकाे सहभागिता रहने छ भने प्रतियोगिता बाट सङ्कलन रकम बाट बालबालिका र युवाहरुकाे क्षेत्रमा भई गरेका विकृति र विसङ्गतीहरुकाे विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रतियोगिता अायाेजना गरिएकाे संस्थाका संस्थापक दिपेश बिसुङ्केले बताउनु भयाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

प्रतियोगितामा विजय हुने टिमहरुलाई क्रमश प्रथम पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु २० हजार, दाेस्राे पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु १० हजार र तेस्रो पुरस्कार ट्रफी,मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्रकाे व्यवस्था गरिएकाे संस्थाका काेषाध्यक्ष अमर शिवाकोटीले जानकारी दिनु भयाे भने कार्यक्रमकाे कुल लागत ३ लाख ५० हजार रहेकाे र कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गरि सफल बनाउन सम्पूर्ण तयारी पूरा भएकाे संस्थाका अध्यक्ष राजेश घिमिरेले बताउनु भएकाे छ ।

Baiju sah