मुकेश स्वामी, सिरहा ।।
सिरहा प्रहरीले करिब १ हजार लोकल मदिरा नस्ट गरेका छन। इलाका प्रहरी कार्यालय गोलबजारले खुल्ला रुपमा हाटबजारमा बेच्न राखेको लोकल मदिरा बरामद गरी नष्ट गरेको छ ।
गोलबजारको हाटबजारमा खुल्ला रुपमा बेच्न राखेको करिव एक हजार लिटर लोकल मदिरा र करिव हजार लिटर बराबर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको इलाका प्रहरी कार्याय प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।
जथाभावी बेचिने लोकल मदिरा सेवनबाट मानिसको ज्यान जानेसम्मको जोखिम र स्थानीय शान्ति सुरक्षामा समेत खल्ल पुग्ने भएकोल अनधिकृत रुपमा उत्पादन र विक्रि गरिएको मदिरा बरामद गरी नष्ट गरिको इम्सपेक्टर पुरीले बताए ।