CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

काँग्रेसको बैठकले क्षेत्रिय अध्यक्षहरुको टुगो , निर्वाचन क्षेत्र नम्बर १ मा बिजय र ३ मा मुकेश

Pheta Chhath Shubhakamana
479
Bara Gadhi Notice winter

कलैया,  बारा 

नेपाली काँग्रेस पार्टीको जिल्ला कार्य समितिको सोबार बसेको वैठकले बाराको क्षेत्रिय अध्यक्षहरुको टुगो लगाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा सहमतिको अधारमा बिजयशंकर यादव, र निर्वाचन क्षेत्र नम्बर ३ मा बढी पदावधी (कार्यकाल) काम गरेको अधारमा मुकेश कुशवाहा सभापति सर्वसमहत चयन भएका छन् ।

नेपाली काँग्रेस स्थानिय तह संगठन पुनरसंरचनाको अन्तरिम ब्यवस्था निर्देशिका २०७६ को दफा ३ को ङ अनुसार बढी पदावधी( कार्यकालका)े को अधारमा क्षेत्रिय सभापति चयन गरेको केन्द्रीय प्रतिनिधी गौतमले भने । पार्टी सभापति जयचन्द्र चौरसियाको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधी बरिष्ठ अधिवक्ता प्रल्हाद गौतमको आतिथ्यमा सम्पन्न सो बैठकमा यस्तो निर्णय भएको पार्टीका जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादवले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

निर्वाचन क्षेत्र नम्बर १ मा देवदत बछार र ३ मा फुलमहम्द मंसुर पनि यो भन्दा अगाडी सभापति रहेका थिए । त्यसैगरि निर्वाचन क्षेत्र नम्बर २ मा रामप्रवेश यादव र क्षेत्र नम्बर ४ मा सुनिल गुप्ता चयन भएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य द्धयहरु फरमुल्लाह मंसुर, राधेचन्द्र यादव, पुर्व साँसदहरु डा शोभाकर पराजुली ,लालबाबु सिह,रामअयोभ्या प्रसाद यादव, मधुशाही लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

बैठक निर्वाचन क्षेत्रहरुमा भब्य रुपमा मंगलवारबाट विपी जयन्ती मनाउने निर्णय भएको पार्टीका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताउनुभयो । निर्वाचन क्षेत्र १ मा ३ मा पार्टीको कार्यक्रममा अध्यक्षता कसले गर्ने भनेर अन्यौलता बढदै आएको थियो । यो निर्णयसंगै सो अन्यौलता हटेको छ पार्टी सभापति जयचन्द्र चौरसियाले जानकारी दिनुभयो ।

यो संगै बारामा नेपाली काँग्रेस एक ढीका भई अव अगाडी बढने सबै नेताहरुले प्रतिवद्धता ब्यतm गरेका थिए । वैठकले मुलुममा बढीरहेको भष्टाचारलाई नियन्त्रण गर्न र हिसा, हत्या बलात्कार जस्ता घटनाहरु नेपालबाट अन्त्य गर्नका लागि नेपाली काँग्रेसले अभियान तहद अगाडी बढनेमा नेताहरु एकमत भएको थियो ।

Baiju sah