

कलैया, बारा ।
मनुष्यलाई केही भयो भने आफ्नो दु:ख र पिडा अरुलाइ पोख्ने गर्छ । दु:ख र पिडा पोख्दा सेन्नेले पनि दुखित भैहाल्छ्न। हुन त मनुष्य जीव हो त्यसतै जीव अरुपनि धेरै छन। जीव भनेको जस्मा प्राण हुन्छ भने हामी बुझ्ने गर्छौ तर आफुलाइ दु:ख भएको वा अरुको हेर्दा आफुपनि दुखित हुने मानव स्वभाव हो।
त्यही दु:ख वा पिडा अरु कुनै जिवलाइ हुदा मानव स्वभाव कता हराउछ भने कसैलाई थाहा हुदैन। मानव भनेको चेतनशील प्राणी हो हामी बुझ्छौ। चेतनशील हुदा पनि मनुष्यको चेतना मानव जाति को लागि मात्र हुन्छ कि अरु प्राणी को लागि पनि हुन्छ भन्ने कुराको बारेमा हेर्दा एक्दमै थोरै चेतना भएको हेरिन्छ। किनकि जति चेतना मनुष्य को लागि हुने गर्छ त्यति अरु प्राणी को लागि भएको भए अरु प्राणी लाइ दु:ख भएको बेला स्याहार गर्ने थिये।


तर मनुष्य विवेकशिल प्राणी भएर पनि अरु प्राणी लाई दु:ख भएको बेला स्याहार गर्नु को सट्टा त्यो बेला उलटै ज्यान नै मार्ने काम गर्ने गर्छन । उदाहरण को लागि भन्ने हो भने हामी सहजै हेर्ने गर्छौ । जसको सहारा लिएर हामी आफ्नो स्वास्थ्य लाई राम्रो हृष्ट पुष्ट बनाउने गर्छन तर जब उसको समय कमजोर हुन्छ अर्थात मनुष्यले आफ्नो स्वार्थ पूरा गरि अरु प्राणी लाइ हेला गर्न सुरु गरि दिन्छ ।
जुन हामी दैनिक रुपमा बाटो घाटोमा हेर्ने गर्छौ गाई गोरु, घोडा, कुकुर, आदि प्राणी हरु लाई छाडा छोडी दिएको बारेमा श्रेष्ठले भनेकी थिन। छडा छोडेर अरु उनिहरुको दु:ख मा समस्या थपिदिएको हुन्छन। त्यो बेला चेतना, विवेकशीलता हराएर उसलाई छाडा छोडी सर्व श्रेष्ठ प्राणी को गुण नभएर राक्षसी गुण प्रवेश भएको देखिन्छ। जुन जिवको हामी दूध खाने गर्छौ त्यो दूध दिन छोड्ने बित्तिकै छाडा छोडी दिएको हुन्छ वा सियो दिएर मारी दिने गरिन्छ।
जसलाई आफ्नो घरको रक्षार्थ पालेको हुन्छ त्यस कुकुर लाई यदि पैरालाइसिस भएयो भने सियो दियेर मार्ने गर्छन । जुन घोडा बाट आफ्नो घरको भरन पोषण गर्ने गर्छन त्यो कमजोर भए पछि बाटोमा छोडी दिएको हुन्छ। त्यति मात्र कहा होर विवेकशीलता, चेतनशीलता, मानवता तथा सर्वश्रेष्ठता त त्याहा हेरिन्छ जब आफ्नो आफन्त लाई कसैले कुट्छ त्यो बेला कुट्नेलाइ छोड्ने कसैले होइन तर निर्दयीताको हद्द गरि जिवलाइ भाकल गरि देवी देवताको स्थानमा बली चढाउने गर्छन। त्यस्तै हाट बजारमा खचाखच एउटा बाख्रा लाई अर्को बाख्रा को सामुमै काट्ने काम गर्ने गर्छन। तर अलिकति पनि मनमा आउदैनन कि त्यो अर्को बाख्राले हेर्दा उसलाई कस्तो महसुस हुन्छ।
यसै विषय लाई लिएर आज जातीय विभेद अन्त्य मार्फत पशु कल्याण प्रवर्द्धन तथा शुनिश्चितताका लागि सचेतना कार्यक्रम कलैया उप-महानगरपालिकाको पन्ना देवी माध्यमिक विद्यालयमा गरिएको छ । पुर्व मन्त्रि कलावती पासवानको अध्यक्षतामा कलैया उप-महानगरपालिकाको पन्ना देवी माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको थियो । बारा महिला विकास मंचको आयोजना तथा पशु कल्याण संघको सहयोगमा उक्त कार्यक्रम गरिएको छ । पनादेवीका हरि कन्चन चौधरी, मोतिलाल यादव, किशोरी राम (किस्मत बाबा) र श्री ३ चन्द्र मावि देवेन्द्र गिरि लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
